शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा डिएसपी सहित सातजना कोरोना संक्रमित थपिए
भाद्र ३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भाद्र ३ - 
मंगलबार सिरहामा डिएसपी सहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सहित ४ जना कर्मचारी, एक जना थुनुवा, वडा नम्बर ४ का महिला वडा सदस्य र मिर्चैयामा अवस्थित  नेपाल बगंलादेश बैँकका एक कर्मचारी गरी सात जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २९ देखी ५५ वर्ष उमेर समूहका रहेका छन । संक्रमित सबैलाई आईसुलेशनमा भर्ना गरिएको छ। थपिएका सात जना सँगै सिरहामा कोरोना भाइरस संक्रमित हुनेको संख्या २७४ पुगेको छ। जिल्लामा २०९ जना कोरोना जितेर घर फर्किसकेका छन् , भने २ जनाको मृत्यु भइसकेको छ।

यसै बीच प्रदेश नं.२ मा मंगलबार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पर्सामा १ सय २४, बारामा ५९ जना, धनुषामा ५४ जना, रौतहटमा ४४ जना, सप्तरीमा १४ जना, महोत्तरीमा १३ जना र सिरहामा ८ जना र सर्लाहीमा ३ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार ४ सय ९५ पुगेको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.