शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा एकै दिन २४ जना कोरोना संक्रमित थपिए
भाद्र ३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भाद्र ३ - 
सिरहामा बुधबार २४ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेहरुमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षकसहित १४ जना र सिरहा नगरपालिका वडा नम्बर १६ माडरका ९ जना गरि २४ जनामा कोरोना भाइरस कोभिड-१९  संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादबका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक जनक पुरी सहित सोहि कार्यालयमा कार्यरत दशजना प्रहरी तथा गोलबजारका चारजना सर्वसाधारण कन्ट्रयाक्ट ट्रेसिङका आधारमा सम्पर्कमा आएकामा संक्रमण पुष्टि भएका छन् " भने सिरहा माडरका ११ देखि ७० बर्ष उमेर समूहका ४ जना महिला र प्रहरी चौकी माडरमा कार्यरत एक जना प्रहरी सहित ५ जना पुरुष र नरहाका एक जना संक्रमित भएका छन्। संक्रमित सम्पुर्णलाई आईसुलेशनमा राखि उपचार शुरुगरिएको जनाइएको छ। बुधबार थपिएका २४ जना संगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या २९७ पुगेको छ,भने २ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.