शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा एक वडाध्यक्ष सहित १५ जना संक्रमित थपिए
भाद्र ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भाद्र ४ -
सिरहामा विहिवार १५ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेहरुमा सिरहा जिल्ला कारागारमा बलात्कार र चोरी मुद्दामा पुर्पक्षका लागि थुनुवा रहेका २ जना,भगवानपुर गाउँपालिकाका ५ जना, कल्याणपुर नगरपालिकाका ४ जना,गोलबजार नगरपालिकाका २ जना र धनगढीमा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सहित सोहि ठाउँका एक जना गरि १५ जनामा कोरोना भाइरस कोभिड-१९ पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यलय सिरहाले जनाएको छ। स्वास्थ्य कार्यालय सिरहाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणको रिपोर्ट अनुसार २० वर्ष देखि ४५ वर्ष उमेर समूहका उनीहरुमा संक्रमण पुष्टि भएको जनाइएको छ। संक्रमित सम्पुर्णलाई  धनगढीमाई नगरपालिकामा अवस्थित महेन्द्र गेनाई कोरोना अस्थायी अस्पताल र सिरहा कोभिड अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको जनाइएको छ।
यसै बीच वडाध्यक्षमा कोरोना पुष्टि भएपछि उनीसँग केहिदिन यता भेटघाट गरेका व्यक्तिहरु त्रसित भएका छन्। विहिवार थपिएका १५ जना संगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या ३१२ पुगेको छ,भने २ जनाको कोरोनाका कारण ज्यान गइसकेका छन्। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.