शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विद्यालय ब्यवस्थापक समितिको नमुना काम
भाद्र ४, २०७७ | सरगम खबर समाचारदाता

सुखीपुर २०७७ भाद्र ४ (सिरहा) - सुखीपुर नगरपालिका वडा नम्बर ८ र ३ सुखीपुर र कुशहा लक्ष्मिनियाँ स्थित  श्री जनता माध्यमिक विद्यालय सुखीपुरले आज विहीवार एक कार्यक्रम आयोजना गरी आफनै चार विग्हा जग्गामा ८ हजार वृक्षा रोपन गरेको छ । सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको प्रमुख आथित्य र श्री जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलको अध्यक्षतामा बिभिन्न प्रजातीका ८ हजार ओटा विरुवा रोपेको प्रधाध्यापक सत्य नारायण यादवले बताउनुभयो ।

कार्यक्रममा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतो, वडा नम्बर ३ का राम करण दास, नेकपामा महेश साह, रजित पजियार , नेपाली कांगेसका प्रतिनिधी राम प्रसाद चौधरी, राम औतार यादव जनता समाजवादी पार्टीका दौरिक चौधरी, रमेश चौधरी, नेकपाका  नगर सुधार समितिका अध्यक्ष वीपी भुवन यादव, विद्यालयको शिक्षक, ब्यवस्थापक समतिका सदस्यहरु, ईलाका प्रहरी कार्यलयका प्रहरी कार्यालय सुखीपुर, सशस्त्र वेश क्याम्प सुखीपुरका प्रतिनिधी सहित अन्य कर्मचारीहरु र स्थानिय बुद्धिजिबि समाजसेवी समेतको उपस्थितिमा आज वृक्षा रोपन गरिएको छ ।

निःशुल्क वृक्षा र तारवार डिभिजन वन कार्यालय लहानको सहयोग रहेको छ । आज रोपिएको वृक्ष म नरहेपनि विद्यालयको ठूलो आम्दानीको श्रोत हुने भएकोले म आफनो कार्यकालको पहिलो कार्य आज वृक्षा रोपनबाट शुरुवात गरेको छु । रोपिएको ८ हजार बोट मध्य अधिकांश विरुवा मलेसियन सखुवाको रहेकोले २० वर्ष पछि करौडौ रुपैयाँ सम्पती हुनेछन् । त्यसैले जनसमुदायलाई आफनै वृक्ष सम्झी संरक्षणमा समेत सहयोग गरि दिन हुन श्री जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलले आग्रह गर्दै भन्नुभयो ।

सिनेटर साह "बेस्ट ट्रेनर अफ
पौष १४, २०७७ | फिरोज शेख
वडा सदस्य साहको नमुना कार्य :
पौष ४, २०७७ | फिरोज शेख
उज्जवल निषाद संघ नेपाल द्वारा हाजरी
मंसिर १४, २०७७ | सरगम खबर समाचारदाता
नगर प्रमुख साह द्वारा महिला अवासिय
आश्वीन १६, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.