शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा शुक्रबार ३६ जनामा कोरोना संक्रमण पुष्टि
भाद्र ५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भाद्र ५ - 
सिरहामा शुक्रबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरुमा इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर सहित २२ जना प्रहरी, इलाका प्रहरी कार्यलय लहानको मातहतमा रहेका थुनुवा ९ जना र दिल्ली बाट आएर पशुपति आदर्श मावि लहानको कोरेनटाईनमा बसेका १ जना, सिरहा धनगढीमाई नगरपालिका नैनपुर स्वास्थ चौकीमा कार्यरत २ जना स्वास्थकर्मी ,कन्ट्याक्टट्रेसिंगका एक जना महिला र एक जना पुरुष गरि शुक्रबार ३६ जनामा कोरोना भाइरस कोभिड-१९  संक्रमण पुष्टि भएको छ । क्रमित सम्पुर्णलाई आईसुलेशनमा लाग्ने तयारी भइरहेको जनाइएको छ। शुक्रबार लहानमा थपिएका ३२ जना संगै लहानमा संक्रमितको संख्या ६७ पुगेको छ ,भने सिरहामा कोरोना भाइरस संक्रमितको संख्या ३४८ पुग्नुका साथै २ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ। 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.