शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कोरोना अपडेट : लहानका २२ प्रहरी सहित सिरहामा ४१ जना
भाद्र ५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भाद्र ५ - 
सिरहा जिल्लामा शुक्रबार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण हुनेहरुमा सिरहा जिल्लाको प्रमुख व्यापारिक केन्द्र लहान नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालयका १ जना इन्स्पेक्टर सहित २२ जना प्रहरी, ईलाका प्रहरी कार्यलय लहानका थुनुवा ८ जना कारागार पठाईएका १ जना र पशुपति आदर्श माविको क्वारेन्टाइनमा रहेका १ जना सहित लहान नगरपालिका भित्र ३२ जनामा कोरोना भाइरस  कोभिड-१९ संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।  त्यस्तै धनगढीमाई नगरपालिकास्थित नयनपुर अस्पतालका दुई जना स्वास्थ्यकर्मी , १ जना महिला र एक जना पुरुष सहित २ जना सर्वसाधारण गरी ४ जना तथा मिर्चैया नगरपालिकाका ४ जना कर्मचारी सहित १ जना ६८ वर्षीय पुरुष गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवका अनुसार  इलाका प्रहरी कार्यालय लहानबाट ३९ जनाको स्वाब संकलन गरिएको मध्ये शुक्रबार ३१ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयो। संक्रमितहरुलाई आइसोलेसनमा राखने तयारी भइरहेको बताउनु भयो। शुक्रबार लहानमा थपिएका ३२ जना संगै लहानमा संक्रमितको संख्या ६७ पुगेको छ ,भने सिरहामा कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३५३ पुग्नुका साथै २ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.