शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा एकै दिन ३२ जना संक्रमित फेला परे संगै ईलाका
भाद्र ७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भाद्र ७ - 
सिरहाको लहानमा एकै दिन लहानस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षकसहित २२ प्रहरी, आठ थुनुवा र दुई सर्वसाधारण गरी ३२ जनामा कोरोना संक्रमण देखिएपछि महामारी समुदाय स्तरमै फैलिनुका साथै ३२ जनामध्ये कार्यालयमा कार्यरत सुरक्षाकर्मी पनि संक्रमित भएको पुष्टि भएको उल्लेख गर्दै लहानस्थित ईलाका प्रशासन कार्यालय लहानले ७ भदौ देखि १२ भदौसम्म सेवा बन्द गरेको छ । कार्यालयका प्रमुख डा. कृष्णबहादुर घिमिरेले सूचना जारी गर्दै सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि थप संक्रमण हुन नदिन, कन्ट्याक्ट ट्रेसिङ्सहित पिसिआर परीक्षण गर्नका लागि कार्यालयबाट प्रवाह हुने नागरिकता तथा राहदानी सम्बन्धी कार्य स्थगन रहने जनाएका छन् ।  इलाका प्रसाशन कार्यलय लहानले सिरहाको लहान नगरपालिका, धनगढीमाई नगरपालिकाको १२, १३ र १४ नं. वडा, सखुवानन्कारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुरपतारी गाउँपालिकाको ६ र नवराजपुर गाउँपालिकाको १ नं. वडा क्षेत्रका सेवाग्राहीलाई नागरिकता, राहदानी लगायतका सेवा प्रवाह गर्दै आइरहेका छन्। 

जिल्लाका पाँच ठाउँमा थप दुई सय बढी बेडको आइसोलेसन संचालन हुँदै 

समुदाय स्तरमै कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र सिरहाले स्थानीय तहसँगको समन्वयमा जिल्लाका पाँच ठाउँमा थप दुई सय बढी बेडको आइसोलेसन संचालन गर्ने भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक प्रदिपराज कणेलका अनुसार  शनिबार जिल्लाको सिरहा, मिर्चैया, चोहर्वा, गोलजार र लहानमा दुई सय बढी बेडको आयसोलेसन संचालन गर्ने गरी स्थानीय तहका प्रमुखहरुसँग स्थलगत अनुगमनसँगै छलफल गरिएको छ । ‘कोरोना संक्रमितका लागि जिल्लाको सिरहा सदरमुकाम र धनगढीमाईको छपराढीमा संचालित आइसोलेसनको क्षमताले नभ्याउने देखिएपछि तत्काल आइसोलेसनको व्यवस्थापन गरी संचालन नगरे स्थिति भयावह हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बेड थप गर्न लागिएको बताउनु हुँदै मिर्चैयास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ३०, गोलबजार ९ स्थित मा.वि.मा ३०, लहानमा ५०, चोहर्वा रेडक्रस भवनमा एक सय बेडको आइसोलेसन तत्काल संचालन गर्नेगरी काम भइरहेको प्रजिअ कडेलले बताए । 

शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य कार्यालय सिराहाका अनुसार सिरहामा शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा जिल्ला प्रसाशन कार्यालयमा कार्यरत एक महिलासहित तीनजना कर्मचारी, जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा रहेका एक थुनुवा, मिर्चैया नगरपालिकामा कार्यरत एक कर्मचारी र एक महिलासहित ९ जना तथा सीमावर्ती माडरस्थित गोयल मेडिकल हलमा काम गर्ने एक पुरुषसहित १४ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सिराहाकाले जनाएको छ । संक्रमित सम्पुर्णलाई आइसुलेट गरिएको छ। 

रिर्पोट नआएसम्म घरबाट बाहिर निस्कन रोक 

जिल्ला प्रशासन कार्यालय सिरहाले शनिबारदेखि कोरोना जाँचका लागि स्वाब परीक्षण गर्न दिएका व्यक्तिहरुलाई रिर्पोट नआएसम्म घरबाट बाहिर निस्कन रोक लगाएको छ ।कोरोना संकट व्यवस्थापन केन्द र सुरक्षा समितिको संयुक्त बैठकले स्वाब दिएका र कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिबाट संक्रमण फैलिन सक्ने खतरा औंल्याउँदै स्वाब परीक्षणका लागि दिएका व्यक्तिहरुलाई घर बाहिर निस्कनमा रोक लगाएको हो । स्वाब संकलनपछि रिर्पोट नै नआई खुला रुपमा बाहिर निस्कदा संक्रमण बढेको पाइएकोले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । ‘स्वाब दिएर घर बाहिर हिँडडुल गर्दा झनै खतरा हुने संकेत देखियो, प्रजिअ कणेलले भने,त्यसैले स्वाब दिएपछि रिर्पोट नआएसम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्ने शर्तपछि मात्र पीसीआर परीक्षण गराउने निर्णय भएको छ ।

प्रहरी द्वारा लहानको लकडाउनमा कडाइ

इलाका प्रहरी कार्यालयमा कार्यरत २२ प्रहरी, ८ थुनुवा र २ सर्वसाधारण गरी ३२ जनामा एकैदिन कोरोना संक्रमण फेला परे पछि प्रहरीले  शनिबार बिहानदेखि लहान क्षेत्रमा लकडाउन कडा बनाएको छ। ईलाका प्रहरी कार्यलय लहानका डिएसपी  शरतकुमार थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपाल लहानका डिएसपी डम्बरबहादुर रानाको कमान्डमा खटिएका प्रहरी टोलीले लहान– १ को तरकारी बजार, सहिद चोक तथा बजारका भित्री भागमा अत्यावश्यक बाहेकका सवारीसाधनको आवतजावतमा रोक लगाउनुका साथै बजार बन्द गराएका छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाइ गरेपछि शनिबार लहान बजार सुनसान देखिए पनि आइतबार विहान देखि फेरी अत्यावश्यक पसलहरु बाहेकका पसलहरु पनि खुलेको देखिन्छ। लहान क्षेत्र भित्र लहान नगरपालिकाले विहान ७ बजे देखि विहान ९ बजे सम्मका लागि मात्र अत्यावश्यक पसलहरु खोल्न भनेका छन्। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.