शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एकल महिलालाई "मस" जाडी द्वारा ग्यास सिलेंडर र चुलो सहयोग
भाद्र ७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भाद्र ७ - 
लकडाउनको मारमा परेकाहरु लाई राहत उपलब्ध गराउने क्रममा "मस" जाडी भनेर चिनिने समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले एक जना एकल महिलालाई ग्यास सिलेंडर र चुलो सहयोग गरेका छन् । समाजसेवी कर्माचार्यले आफ्नो जन्मदिनको शुभ उपलक्ष्यमा एकल महिलालाई उपहार स्वरूप ग्यास सिलंडर र चुलो सहयोग गरेको समाजसेवी चौधरीले सरगम खबरलाई जानकारी दिएका छन्। कर्माचार्यले जन्मदिनमा केक नकाटी जन्म दिन मनाउन लाग्ने खर्च बराबरको ग्यास सिलेंडर र चुलो किनेर लहान ७ गणेश चौकमा कठघरामा चिया पसल गरी जीविकोपार्जन गर्दै आएकी एकल गरिब महिला ७४ वर्षीय छोबीदेवी बंगालीन लाई उपहार दिएकी हुन्। बंगालीनको पसल बाट केही दिन अगाडि सिलेंडर र चुलो चोरी भएपछि लकडाउनमा गुजारा चलाउन उनलाई समस्या परेको जानकारी पाएपछि "मस" जोडीले बंगालीनलाई उक्त सामग्री उपलब्ध गराएका हुन्। ग्यास सिलेंडर र चुलो पाएपछि छोबीदेवी भावुक हुदै कर्माचार्यलाई दिर्घ आयुको कामना गर्दै स-धन्यवाद सहित शुभकामना व्यक्त गरेकी थिइन्। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.