शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राजनैतिक पुर्वाग्रहको शिकार भएको भन्दै शिवजी यादव भन्छन : नखाएको
भाद्र १०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भाद्र १० -
आर्थिक शोषण गरेको आरोप लागेका औरही– ५ का ४५ वर्षीय शिवजी यादवले आफू राम्रो काम गरेतापनी राजनैतिक पुर्वाग्रहको शिकार भएको गुनासो पोखेका छन। यादवले उनी विरुद्ध दर्ता गरिएको उजुरी कपोकल्पित एवं निराधार रहेको दावी गर्दै आफुलाई  नखाएको विष लागेको भनी आफ्नो दुखेसो पोखेका छन ।  यादव द्वारा मंगलवार औरहीमा गरिएको पत्रकार सम्मेलनमा उनले आफूलाई नियोजित रुपमा फसाउन खोजीएको भन्दै आक्रोश समेत पोखेका छन । उनले औरही वडा ४  बस्ने महेश सदाय, राम भजन सदाय र फुलोदेवी सदायले लगाएको आरोप पुर्णतः निराधार रहेको दावी गरेका छन । विपद परेको बेला गरिबको सहाराको रुपमा सदैव खडा रहने शिवजी यादव माथि आरोप लगाउने प्रयास हुनु फोहरी राजनीति हो" भन्दै अधिकांश स्थानियले बताएका छन । महेश सदायको कान्छो भाइ उमेश सदायले आफ्नो दाजु महेशले शिवजी संग एडभान्सको रुपमा पैसा लिएको स्विकारेका छन । औरही -४ ईटाटार टोलका ७० वर्षिय राजेश्वर सदाय र शिवु सदायले शिवजी यादवले एडभान्स रुपैया दिएर सहयोग गरेका रामभजन सदाय र महेश सदायले न त काम गरे न त रुपैया नै फिर्ता गरे उल्टै शिवजिमाथी झुठो आरोप लगाएकोले यो कुनै नेताको काम हुनसक्ने भन्दै आरोप लगाएका छन । राजेश्वर सदायले थपे " उनिहरुले यस्तो काम गरे आपद विपदमा अब कसैले हामीमाथी विश्वास  गर्दैन र हामी गरीबलाइ कसैले आर्थिक लेनदेन गर्दैन।" 

 त्यसैगरी औरही -५ मा भेला भएका महिला पुरुष सदायहरुमध्ये सुरजी सदाय, झालो सदाय, गुलाव सदाय लगायतले शिवजी यादवमाथी झुठो  आरोप लगाइएको भन्दै असन्तुष्टि पोखेका छन । शिवजी यादबकै सहयोगमा राइसमिलमा काम गर्ने लेबरहरु जख्मी सदाय र नन्दी सदायले रामभजन सदाय त्यही सेलरको एक कामदारको  मोबाइल चोरेर भागेको भन्दै शिवजी यादबमाथी लगेको आरोप सरासर गलत हो भन्दै सहि तथ्य छानबिनको लागि सरोकारवाला संग माग गरेका छन।

शिवजी यादव सहित तिन जना विरुद्ध भारत पुर्‍याई महिनौँ काम गराएर आफु माथि आर्थिक शोषण गर्ने गरेको भन्दै औरही गाउँपालिका– ४ का महेश सदा, फुलोदेवी सदा र रामचन्द्र सदाले सोमबार जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी दर्ता गराएका छन् । कामका लागि हरियाणा र पन्जाब पुर्‍याइएकालाई घर फर्कंदा बक्यौता छ भन्दै कुटपिट गर्ने, काम गर्न नसकेर घर फर्किएकालाई बन्धक बनाएर कपाली तमसुक बनाएको आरोप लगाउदै  प्रशासनमा उजुरी दर्ता गराएका हुन् । प्रशासनले उजुरी दर्ता गरी छानबिन गर्न जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.