शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कोरोना संक्रमित लहान घर भएकी महिलाको मृत्यु ,सिरहामा मृत्यु हुनेको
भाद्र १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ १२ - 
कोरोना संक्रमित लहान घर भएकी दिर्घरोगी ६५ वर्षिय बृद्ध महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ। विराटनगर स्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा लहान -९ खुट्टीपारि घर भएकी बृद्ध महिलाको उपचारको क्रममा शुक्रबार विहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। दिर्घरोगी रहेकी उक्त महिला विरामीको स्वासप्रश्वासमा समस्या भएपछि विहिबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा अस्पतालले स्वाब परिक्षण गरेपछि विहिबारनै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। विरामीलाई इसोलेशनमा राखेर उपचार भइरहेको अवस्थामा  स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि उहालाई चार घण्टा भेन्टिलेटरमा राखेर उपचारर गर्दै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्कको शवलाई लहान ल्याउने तयारी भइरहेको बताइएको छ। यो संगै सिरहामा कोरोना भाइरस कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ।  

यस अघि विहिबार साँझ सुखिपुर नगरपालिकाका ५५ वर्षीय पुरुषको उपचारका क्रममा धरानमा मृत्यु भएको थियो। भने लहान नगरपालिका– २४ गोविन्दपुर मलहन्माका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारको क्रममा भदौ ८ गते धरानमै मृत्यु भएको थियो। त्यस्तै  मिर्चैया नगरपालिका– ४ घर भएका करिब ६० वर्षीय पुरुषको २ भदौमा स्वाब संकलन गर्ने क्रममै मृत्यु भएको थियो । त्यस्तैं २९ साउनमा विष्णुपुर गाउँपालिका– १ का ४० वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमै  उपचारको क्रममा मृत्यु भएको थियो । यसअघि २२ साउनमा गोलबजार नगरपालिका– १२ बेतौनाका करिब २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.