शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा थप १३ जना संक्रमित थपिए , प्रदेशमा आठको मृत्यु
भाद्र १३, २०७७ | फिरोज शेख

सिरहामा थप १३ जना संक्रमित थपिए , प्रदेशमा आठको मृत्यु 

फिरोज शेख लहान २०७७ भदौ - १३ :
शनिबार सिरहामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन् " भने प्रदेश -२ मा आठ जनाको मृत्यु भएको छ। बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिस्ठान अस्पताल धरानमा गरिएको परिक्षण रिर्पोटका अनुसार सिरहा नगरपालिका वडा नं. १४ का १ जना, वडा नं. १५ का ४ जना, वडा नं. ७ का १ जना संगै गजेन्द्र नरायण सिंह अस्पताल सप्तरीमा गरिएको परिक्षण रिर्पोटका अनुसार सिरहा बिष्णुपुर गाउँपालिका वडा नं. ५ का १ जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षण रिर्पोट अनुसार गोलबजार नगरपालिकाको ६ जना गरी शनिबार मात्र यस जिल्लामा कुल १३ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। स्वास्थ्य कार्यालय सिरहाका अनुसार संक्रमितहरु मध्ये आठ जना महिला रहेका छन।

यसै बीच प्रदेश २ मा थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेशको विभिन्न जिल्लामा शुक्रबार र शनिबार गरि आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो। महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवलकिशोर कापडका छोरा ३५ वर्षीय उमेश कापडको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ। मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ। करिब एक साता देखि नियमित ज्वरो र रुघाखोकी लागेपछि उनी घरमै उपचार गराइरहेका थिए। श्वास प्रश्वासमा समस्या आएपछि उनलाई शुक्रबार राति प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। कोरोनाको शंका लागेपछि शुक्रबार उनको स्वाब संकलन गरिएको थियो। 

त्यस्तै महोत्तरीकै पिपरा गाउँपालिक–७ का ७० वर्षीय पुरुष, सिरहा लहान नगरपालिका–१८ का ८४ वर्षीय पुरुष, वीरगंज–१२ मुरलीका ४८ वर्षीय पुरुष, मनियारी–२२ पर्साका ३७ वर्षीय पुरुष र वीरगंज–१२ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यस्तै धनुषाको नगराईन नगरपालिका डेवडिहा बस्ने ६५ वर्षीय एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो।भने  सिरहा सुखीपुर नगरपालिका–८ का ५५ वर्षीय पुरुष,लहान नगरपालिका –९ खुट्टीपारिकी ६५ वर्षीय महिला गरि आठ जनाको मृत्यु भएको हो। प्रदेश २ मा ७१ पुरुष र १३ महिला गरी हालसम्म ८४ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ। मृतकहरुमा पर्साका ३३ जना,बाराका १३ जना , धनुषाका १२ जना , महोत्तरीका ८ जना , सिरहाका ७ जना , सप्तरीका ५ जना , सर्लाहीका ३ जना र रौतहटका ३ जना रहेका छन्।

यसै बीच नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ७ पुगेको छ। आठ वटा जिल्लाका ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सिरहामा ८४ वर्षीय पुरुष ,पाल्पामा ३० वर्षीया महिला, काठमाडौंमा ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय एक पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।  यस्तै, पाल्पामा ४८ र ३९ वर्षीय पुरुष, , गोरखामा ३८, कास्कीमा ५८, ललितपुरमा ७२ र ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । यसअघि शुक्रबार पनि १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा मृत्युदर शून्य दशमलव ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.