शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बजार क्षेत्रको फोहर उठन थाल्यो
भाद्र १४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ १४ - 
लहान नगरपालिका वाडा नम्बर ४ का स्थानीयहरु संगको विवादका कारण लहान नगरपालिका बजार भित्र करिब एक महिना देखि उठन नसकेको फोहोर आइतबार साँझ देखि " हाम्रो लहान सुन्दर लहान " मूल नाराका साथ उठन शुरु भएको छ। विगत एक महिना देखि सरसफाईकर्मीले बजारमा भएको फोहोरलाई झाडु लगाएर ठाउँठाउँमा थुपारे पनि त्यहाँबाट फोहोरको डंगुर उठन नसक्दा बजार दुर्गन्धित बन्दै गईरहेको थियो। फोहर उठन नसक्दा आवतजावत गर्ने सर्वसाधारणहरु मास्क  लगाएपनि नाक थुन्न बाध्य भएको अवस्था सिर्जना भएको थियो। तर आइतबार प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल लगायत सरोकारवालाहरुको पहलमा लहान ७ राम मन्दिर एरियामा थुपारिएर राखिएको फोहरलाई प्रमुख जिल्ला अधिकारी कणेल , नगरप्रमुख मुनि साह ,चोहर्वा शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौली ,जिल्ला प्रहरी कार्यलय सिराहाका प्रमुख एसपी उमा शंकर पंजियार ,सशस्त्र प्रहरी प्रमुख दिपेन्द्र गिरी,ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षत्री, लहान सशस्त्र प्रहरी बलका डिएसपी डम्बर बहादुर राना , वडा अध्यक्षहरु रामनाथ पण्डित ,सुलेमान मिया अन्सारी ,अरुण केसी,राकेश रोशन गुप्ता ,विजय कुमार महतो लगायत सथानीय समाजसेवी ,संचारकर्मीको उपस्तिथी तथा सहभागितामा फोहोर उठाउन शुरु गरिएको छ। 

लहान नगरपालिकाले वडा नम्बर ४ मा करोड़ोको लगानीमा निर्माण गरेको फोहोर व्यवस्थापन केन्द्रको मुद्दा अदालतमा विचाराधीन रहेको हुँदा अदालतको फैसला नआउन्जेल सम्मका लागि  लहान ४ का स्थानीयहरू संग एक घण्टा भित्रै लहान - ४ मै पर्ने खुट्टी र बलान नदी मिल्ने दोभानमा फोहोर फाल्ने सहमती भए पश्चात फोहर उठाउने कार्य शुरु गरिएको जिल्ला प्रमुख कणेलले बताउनु भयो।  

वडा नम्बर ४ स्थित खुट्टि र बलान नदीको दोभानमा फोहोरमैला व्यवस्थापन केन्द्र छ। त्यहाँ फोहोर फाल्दा समुदायमा असर परेको भन्दै गतवर्षदेखि नै वडाका वासिन्दाहरुले फोहोर फाल्न रोक लगाएका छन् । लहान नगरपालिकाको शहरी क्षेत्र वाड नम्बर १ देखि १० सम्मका वडामा दैनिक जम्मा हुने फोहोर त्यहाँ फाल्दै आइरहेको थियो। लहान नगरपालिकाको मुख्य सडकमा पर्ने पूर्व बलान नदीदेखि पश्चिम सरस्वती खोलासम्मको विभिन्न स्वास्थ्य संस्था, होटल, मासु पसल, तरकारी बजार तथा निजी घरबाट निस्किने फोहोर करिब एक महिना देखि  नगरबासीले सडकमै थुपारण थालेका थिए। लामो समयदेखि थुपारिएर राखिएको फोहोर उठन सुरु भएपछि लहानका व्यापारी संगै नगरवासी  खुःशी भएका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.