शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लकडाउनमा रगतको अभाव कम गर्न रक्तदान
भाद्र १४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ १४ - 
बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै इस्लामिक महीना मोहरम पर्वको अवसर पारेर युथ मुस्लिम वेलफेयर वेलफ़ेयर सोसाइटी नेपाल लहान -५ ले लहान रेडक्रस सोसाइटीको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन। कोभिड १९ अर्थात कोरोना भाईरसका कारण देशमा भएको लकडाउनको यो समयमा लहानमा ब्लड अभाव भएको कारण सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन । ब्लड बैंकमा रगतको आभाव भएको बेला रगत दान गरेर जिवनदान गरेको सरह हुने विश्वास आयोजकले गरेका छन। सिराहाका विभिन्न स्थानमा रगतको अभाव भैरहेको अवस्थामा, रगतको आवश्यकता रहेका बिरामीलाई सहजता मिलोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। कार्यक्रमा ४३ जनाले रक्तदान गरेका छन। कोरोना भाईरसबाट बच्न दुरी कायम गरि, सेनिटाईजर, मास्क, ग्लब्सहरु प्रयोग गरी व्यवस्थित तवरले कार्यक्रम सम्पन्न भएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.