शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहा , सप्तरी , सुनसरी र इलाममा भएको सवारी दुर्घटनामा
फाल्गुन ६, २०७३ | फिरोज शेख

फिरोज शेख लहान , फाल्गुन ६ गते।
पूर्वका विभिन्न जिल्लाहरुमा विहीबार भएको सवारी दुर्घटनामा परि ११ जना घाइते भएका छन्।
सिरहाः सिरहाको चोर्हवा सडक खण्डमा सिरहाबाट विबाहको जन्ति लिएर लक्ष्मिपुरपतारीतर्फ जादै गरेको ना ३ ख ५३५३ नम्बरको बस अनियन्त्रित दुर्घटना हुँदा बसका चालक सुनसरीका ४५ बर्षिय शुभकर्ण चौधरी र बसमा सवार सिरहा लक्ष्मिपुरपतारी-६ बस्ने ३५ बर्षिय विन्दीराम मोची घाइते भएका छन् ।घाइते दुवैको स्थानिय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिष्णुपुरले जानएको छ।

सप्तरीः सप्तरीको कुशाहा-५ मा पूर्बबाट पश्चिमतर्फ जादैगरेको नम्बरको नखुलेको ट्रकले सोही दिशातर्फ जादैगरेको स २ प ६५८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कुशाहा-२ बस्ने २६ बर्षिय बुलबुल चौधरी, पछाडी सवार सिराहा धनगढी-४ बस्ने १९ बर्षिय गेहेन्द्र चौधरी र सप्तरी अर्नाहा-४ बस्ने २३ बर्षिय अमित कुमार चौधरी घाईते भएका छन्।घाइते तीनैजनाको सप्तरऋषी अस्पताल लहानमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रक र चालक फरार रहेकोले खोजीकार्य भइरहेको इलाका प्रहरी कर्यालय कडोरवनाले जनाएको छ। यता सप्तरीकै कल्याणपुर-३ मा पूर्वबाट पश्चिमतर्फ जदैगरेको गरेको ना ४ ख १०५१ नम्बरको बसको ठक्करबाट पैदलयात्री कल्याणपुर-५ बस्ने ५५ बर्षिय तेजुलाल चौधरी घाइते भएका छन्।घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बस र चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

सुनसरीः सुनसरीको धरान-१३ मा बा ५७ प१२२४ नम्बरको मोटरसाइकल आनियन्त्रीत भई दुर्घटना हुदाँ चालक धरान-१० बस्ने २२ बर्षिय दिपक भट्टराई र पछाडी सवार धरान-१९ बस्ने २१ बर्षिया लिला लिम्बु घाइते भएकी छिन्।घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

इलामः इलामको बरबोटे-१ स्थित शान्तिडाँडाबाट इलाम आउदै गरेको मे १ ज ६७६ नम्बरको पिकअप अनियन्त्रित भइ दुर्घटना हुँदा पिकअपमा सवार १० जना यात्री मध्ये तीनजना घाइते भएका छन्।घाइते हुनेमा इलाम शान्तिडाँडा १ बस्ने बर्ष ३० की अम्बिका गौतम, इलाम नगरपालिका तिल्केनी-६ बस्ने ४५ बर्षिया गोमा देवी ढुङ्गाना र झापा दमक १० बस्ने बर्ष ४३ को डिल्ली प्रसाद अधिकारी रहेका छन्।घाइते तीनैजनाको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ भने पिकअपका चालकालाई प्रहरीले नियन्त्रणमा लिएको अस्थायी प्रहरी पोष्ट बिब्लाटेले जनाएको छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.