शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कोरोनाबाट संक्रमित थप एकको मृत्यु , जिल्लामा मृत्कको संख्या ८
भाद्र १६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ १६ - 
कोरोनाबाट संक्रमित सिरहाको मिर्चैया ६ का एक ६५ वर्षीय पुरुषको उपचारका क्रममा धरानमा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत संक्रमितको सोमबारराति करिब ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन्। डा. निदेश सापकोटाका अनुसार पहिलेदेखि नै मधुमेह र उच्च रक्तचापको समस्या रहेको बिरामीमा ज्वरो, खोकी, श्वासफेर्न समस्या र अत्यधिक टाउको दुख्ने समस्या भएपछि विराट मेडिकल कजेलबाट १० भदौंमा रिफर गरिएको थियो। प्रतिष्ठानमा ती बिरामीलाई भेन्टिलेटरमा राखिएको र उनका शरीरका अंगहरु निष्क्रिय भएपछि २ पटक डाइलासिस गरिएपनि उपचारका क्रममा मृत्यु भएको हो । यो संगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.