शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सडक दुर्घटनामा परि दुई जनाको मृत्यु - एक गम्भीर
भाद्र १८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ १८ -
सडक दुर्घटनामा परि दुई जनाको  मृत्यु भएको छ। सिरहाको चोहर्वा–सिरहा सदरमुकाम सडक खण्डमा बुधबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किदा सिराहाका दुई जनाको मृत्यु भएको छ,भने एक जना गम्भीर भएका छन्  । जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार सिरहा नगरपालिका भलुवाही र पदमपुरको बीचमा दुई मोटरसाइकल आपसमा ठोक्किदा सिरहा नगरपालिका–९ का सिल्टु ठाकुर र धनगढीमाई नगरपालिका–१० का दिपक कुमार पंजियारको मृत्यु भएको जनाइएको छ। ठक्कर लागि गम्भीर भएका स ४ प ७९२१ नम्बरका मोटरसाइकल चालक दिपक लाई जिल्ला अस्पताल सिरहा र स ४ प ४६१० नम्बरका मोटरसाइकल चालक ठाकुरलाई लहान पठाउँदा बाटोमै दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

यसै बीच मोटरसाइकलको पछाडि सवार सिरहा नगरपालिका–९ गुलरियाका ३५ वर्षीय जितेन्द्र भन्ने शिव कुमार महरा गम्भीर घाइते भएका छन। घाइते महराको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  प्रहरीले तिव्र गतिका कारण दुर्घटना हुन सक्ने अनुमान गरेका छन् । प्रहरी अनुसार दुवैको शवलाई पोस्ट्मार्टम गरी परिवारजनलाई जिम्मा लगाइएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.