शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मोटरसाइल दुर्घटनामा परि दुइ जनाको मृत्यु , एक गम्भीर
भाद्र २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ २०-
सिरहामा मोटरसाइल दुर्घटनामा परि दुइ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय सिरहाका अनुसार घटनामा अन्य एक जना गम्भीर घाइते भएका छन् । नरहा गाउँपालिका वडा नं. ५ बलबा टोल नजिकै चौहर्वा सडक खण्डमा चौहर्वा देखि सिरहा जाने बाटोमा बिग्रिएर रोकी राखेको त.४३२९ नम्बरको ट्रयाक्टरमा अनटेस्ट मोटरसाइकलले ठक्कर दिदा  दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि जिल्ला सिरहा सिरहा नगरपालिका -५ बस्ने वर्ष २१ को सुनिल सदा , वर्ष २३ का अमलेश महतोको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान सिरहाले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका सोहि ठाउँका मिथिलेश सदालाई  उपचारका लागि लहान स्थित राउ स्मारक अस्पताल लहान पठाएकोमा त्यहा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगर पठाईएकोअस्पताल स्रोतले जनाएको छ।  सडक छेउमा ईटा लोड गरी बिग्रीएर रोकि राखिएको ट्रयाक्टरमा तिनै जना सवार तीव ग्रतिमा चलाएको मोटरसाईकलले ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.