शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कल्याणपुरकी उपमेयर र प्रशासकीय अधिकृत कोरोना मुक्त
भाद्र २१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ २१ - 
सिरहाको कल्याणपुर नगरपालिकाकी उपमेयर रोहिनी कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयकुमार दास कोरोना मुक्त भएका छन् । कल्याणपुरका मेयर निलम्बनमा परेपछि कार्यबाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी उपमेयर रोहिनी कुमारी यादव र उनीसँगै त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासको रिपोर्ट पनि निगेटिभ आएको छ । उनीहरुको गत ४ गते संकलन गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको थियो ।कोरोना संक्रमति भएपछि उनीहरु आइसोलेशनमा बस्दै आएका थिए । त्यसपछि १७ गते संकलन गरिएको स्वाबको रिपोर्ट शनिबार निगेटिभ आएको कल्याणपुरका कोरोना फोकल पर्सन गौरीशंकर देवले जानकारी दिएका छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.