शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा कोरोना संक्रमणबाट फेरी एकको मृत्यु
भाद्र २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ २२ - 
सिरहामा कोरोना संक्रमणबाट फेरी एक जनाको मृत्यु भएको छ। कोरोनाका कारण सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाले जनाएको छ। संक्रमित पुरुषको आइतबार राती करिब ११ बजे प्रदेशिक कोभिड अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। आइतबार बिहान अस्पतालमा भर्ना भएका उनको अक्सिजन लेभल कम भएको देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको केही घण्टामै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाले जनाएको छ । 
चिनीरोग र बल्डप्रेसरका विरामी उनलाई केहि दिनदेखि ज्वरो समेत आइरहेको र डाक्टरजको सल्लाह अनुसार घरमै उपचार गराइरहेकोमा  सन्चो नभए पछि कर्जन्हा स्थित फूलकुमारी मेमोरियल अस्पतालमा भर्ना भएका थिए। कर्जन्हा अस्पतालमा  पिसिआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनको शव व्यवस्थापनका लागि तयारी भइरहेको मिर्चैया नगरपालिकाले जनाएको छ। यस संगै सिरहामा कोरोनाबाट मृत्यु हुने मृतकको संख्या ९ पुगेको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.