शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
छिन्नमस्ता गापामा १७ बुदे मागसहित ज्ञापनपत्र
भाद्र २४, २०७७ | शुभ नारायण यादव

शुभ नारायण यादव सप्तरी ,२४ भदौ । 
सप्तरीको छिन्नमस्ता गाउपालिकामा व्यापक अनियमितता सहित विभिन्न १७ बुदे माग सहित ज्ञापनपत्र बुझाएको छ । नेकपा संघर्ष समितिले सप्तरीको छिन्नमस्ता गाउपालिकामा नेकपा संघर्ष समिति र छिन्नमस्ता गाउपालिकाबिच विगतमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने ,गाउपालिकाकाे सम्पुर्ण खाताहरुकाे साउनदेखि हालसम्म बैंक स्टेटमेन्ट प्रमाणित प्रतिलिपी उपलब्ध गराउनुपर्ने ,लेखा शाखाकाे सुत्र प्रणालीबाट भए गरेका सम्पुर्ण खर्चहरुकाे विवरण ,नगदि किताब गाेशवारा भाउचर लगायतका सम्पुर्ण फायलहरुकाे प्रमानित प्रतिलिपिहरु कागजातहरु उपलब्ध गराउनुपर्ने लगायत माग गरेकाे संघर्ष समितिका संयोजक बिनाेद कुमार यादवले जानकारि दिनुभयाे । यस्तै छिन्नमस्ता गाउपालिका अन्रेगत कार्यरत  रहेका सेवा करारका कर्मचारीहरु के कुन प्रक्रियाबाट नियुक्त गरेका हुन साे काे सम्पुर्ण कागजातहरु उपलब्ध ,गापाकाे आर्थिक वर्ष ०७३/०७४ देखि हालसम्मका आय व्यय सार्वजनिक तुरुन्तै गर्नुपर्ने,गापाकाे आव  ०७६/०७७ मा सबे शाखा ,उपशाखा ,वडा कार्यलयबाट गरेका खर्चहरुको प्रगति विवरण र हरहिसाव छुट्टाछुट्टै दिनुपर्ने ,जिन्सि शाखाकाे जिन्सि प्रतिबेदन सहित साे शाखाबाट भए गरेका सम्पुर्ण खर्चहरुकाे विवरण उपलब्ध गराउनुपर्ने  ,क्वारेन्टाइन सन्चालन तथा व्यवस्थापन कार्यमा भएका सम्पूर्ण  खर्चको विस्तृत विवरण उपलब्ध गराउनुपर्ने  ,काेराेना महामारिकाे सन्दर्भमा क्वारेन्टाइनमा बसेकाे क्यक्तिकाे विवरण र साेकाे खर्च विवरण ,राहतमा भएको खर्च विवरण लगायत यश सन्दर्भमा भएको विस्तृत खर्च विवरण उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न १७ बुदे माग सहित छिन्नमस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज थापालाई साे ज्ञापनपत्र बुझाएका हुन ।साथे आफुहरुको जायज माग अविलम्ब पूरा नगरेको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी संघर्ष समितिका यादवले दिएका छन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.