शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा प्रहरी, स्वास्थ्यकर्मीसहित थप ३३ जना काेराेना संक्रमित फेला
भाद्र २४, २०७७ | शुभ नारायण यादव

शुभ नारायण यादव सप्तरी ,२४ भदौ ।
सप्तरीमा आज प्रहरी , स्वास्थ्यकर्मी सहित थप ३३ जनामा काेराेना सन्क्रमित फेला परेका छन । इलाका प्रहरी कार्यालय सखडामा कार्यरत २ प्रहरी, राजविराज नगरपालिका–२ का १ प्रहरी, बिष्णुपुर गाउँपालिकाका ६० वर्षीय स्वास्थ्य संयोजक तथा अनार भुवनेश्वर अस्पताल राजविराजकी ४८ वर्षीया स्विपरसहित सप्तरीमा बुधबार ३३ जनामा संक्रमण देखिएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार १३ महिला र २० पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।  
काठमाडौंबाट हालै आएका छिन्नमस्ता गाउँपालिका–३ का २७ र ३२ वर्षीया महिलामा पनि संक्रमण देखिएको गजेन्द्रनारायण सिह अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित कुमार झाले जानकारि दिनुभयाे ।

यस्तै राजविराज नगरपालिका वडा न.१ का १२ र ३८ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नम्बर–२ का ३८, ५० र ७२ वर्षीय पुरुष, वडा नम्बर–४ का उमेर नखुलेका पुरुष, वडा नम्बर–६ का १९ र ४५ वर्षीय पुरुष तथा ११ र ५५ वर्षीया महिला, वडा नम्बर–७ का  १४, १५, १६, २६, ५५ वर्षीय पुरुष तथा ६, २१, २५, ३०, ३०, ५० वर्षीया महिला संक्रमित भएका छन्। वडा नम्बर ७ का ५ जना एकै परिवारका हुन्।यसैगरी राजविराज नगरपालिका वडा न. ८ का ६० वर्षीय पुरुष, वडा नम्बर–९ का ३१ वर्षीय पुरुष र १७ वर्षीया महिला तथा वडा नम्बर–१० का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका  प्रमुख दुनियाँलाल यादवले जानकारि दिनुभयाे । संक्रमित हुनेमा प्रहरी, स्वास्थ्यकर्मीसहित इञ्जिनियर, अधिवक्ता, कर्मचारी र व्यापारी रहेका छन्।

योसँगै सप्तरीमा अाजसम्म संक्रमितको संख्या ९७३ पुगेको छ। जसमा १६४ जना महिला छन्। संक्रमितमध्ये एक महिलासहित आठ जनाको मृत्यु भएको छ। संक्रमितहरूमध्ये हालसम्ममा ६७९ जना निको भइ घर फर्किएका स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। यता विगत लामाे समयकाे लकडाउन तथा बन्दा बन्दिका कारणले गदाृ राेग भन्दा भाेकले सवृसाधारण जनताहरु मनृ थालेका छन ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.