शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
५४ रुपैयाँमा किनेको प्याज ९० मा बेच्ने गंगा ट्रेडर्समा सिलबन्दी
भाद्र ३१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ भदौ ३१ - 
भारतले प्याज आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा व्यापारीले प्याजको मूल्य बढाएर कालो बजारी सुरु गरेका छन्। प्रतिकिलो ६० देखि ६५ रुपैयाँमा बिक्री भइरहेको प्याजको मूल्य भारतको प्रतिबन्धपछि लहानमा ९० देखि १२० रुपैयाँसम्ममा व्यापारीहरुले बिक्रि गर्न थालेका छन् । लहानमा प्याजको मुल्य खुद्रा व्यापारीले मात्रै नभई थोक विक्रेताले समेत चर्को मूल्य असुलिरहेको व्यापक जनगुनासो आउँन थालेका छन्।प्याजको भाउ अकासिएको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यलय सिरहा बाट खटिएको ईलाका प्रशासन कार्यलय लहानका प्रमुख डा.कृष्ण बहादुर घिमिरे, ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्री , जिल्ला उपभोक्ता संघका अध्यक्ष रामानन्द गुप्ता ,उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य ,घरेलु तथा साना उधोग कार्यलय लहानका नायब सुब्बा मोहन बहादुर कार्कीको बजार अनुगमन टोलीले लहान नगरपालिका वडा नम्बर -३ राष्टिय वाणिज्य बैंकको छेउमा अवस्थित गंगा ट्रेडर्सले ५४ रुपैयाँमा किनेको प्याज ९० मा उपभोक्तालाई बिक्रि गरि कालोबजारी गरेको  प्रमाण ( बिल ) फेला परे पछि जिल्ला प्रशासन कार्यलयको निर्देशनअनुसार सिलबन्दी गरिएको हो । 

अनुगमनका क्रममा प्रतिकिलो २२ रुपैयाँ भारुमा खरिद गरेको प्याज ढुवानी खर्च सहित लमसम ५४ रुपैयाँ नेपालि पर्ने प्याज ९० रुपैयाँमा बेचेको पाइएपछि राम नारायण नायक संचालक रहेको गंगा ट्रेडर्समा सिलबन्दी गरिएको लाका प्रशासन कार्यलय लहानका प्रमुख डा.कृष्ण बहादुर घिमिरेले बताउनुभयो। डिएसपी शरत कुमार थापा क्षेत्रीले ५० किलोको दरले ५१ बोरा जम्मा २५५० किलो प्याज सिल गरिएको बताउनु भयो। ट्रेडर्सका संचालक नायकलाई भने कोरोना महामारी र उमेर हदका कारण पक्राउ नगरिएपनि विहिबार जिल्ला प्रशासन कार्यलयमा उपस्थित हुन् भनिएको छ। 

भारतको दक्षिणी क्षेत्रमा अधिक वर्षाका कारण प्याजको उत्पादन घटेको र घरेलु बजारमा भाउ आकासिन थालेको भन्दै भारतको केन्द्र सरकारले सोमबार निर्यातमा प्रतिबन्ध लगाएको थियो। विशेषगरी भारतीय प्याजमा निर्भर रहेको नेपाली बजारमा प्रतिबन्धको भोलिपल्ट नै असर परेको स्थानीय लगायत खुद्रा व्यापारीहरु बताउछन छन्। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.