शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भोजपुरका एक जना सहित सिरहामा ४० जना संक्रमित थपिए
आश्वीन ७, २०७७ | फिरोज शेख

फिरोज शेख २०७७ असोज ७ - 
पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४ महिलासहित ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १३ हजार ७१ पुगेको छ ।प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार सबभन्दा बढी सिरहामा ४० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरी, पर्सा रौतहटमा १/१ जना संक्रमित थपिएका छन् । भने धनुषामा ६ जनामा संक्रमण पुष्टि भएको छ।
सिरहामा संक्रमित हुनेहरुमा कर्जन्हा नगरपालिका वडा नम्बर २,३,६, ८ ,११ का उमेर नखुलेका १५ जना पुरुष , प्रादेशिक अस्पताल जनकपुरमा स्वाव संकलन गरिएको औरही गाउँपालिकाकी १ जना ३५ वर्षीय महिला, पशुपति आदर्श माविमा स्वाव संग्लन गरिएको लहानमा कार्यरत भोजपुरका २८ वर्षीय १ जना पुरुष , लहान नगरपालिका वडा नम्बर ७,१०,१५,२३ र २४ का १ जना ३५ वर्षीय महिला सहित १९ वर्ष देखि ४४ वर्ष उमेर समुहका ७ जना र बरियारपट्टि गाउँपालिकाका २० देखि ४० वर्ष उमेर समुहका १६ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा ३ महिलासहित २६ जना कोरोनमुक्त भएका छन् । योसँगै यस प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७ हजार ११९ पुगेको छ। जसमध्ये ८१३ जना महिला रहेकी छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको ज्यान नगएको मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए । उनका अनुसार हालसम्म १०३ पुरुष र १९ महिलाको ज्यान गएको छ ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.