शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एभेन्जर सिरिजको एबिएस १६० सिसि मोटरसाइकल अब लहानमा पनि
आश्वीन १५, २०७७ | सरगम खबर समाचारदाता

लाल बिहारी यादव लहान २०७७ असोज १५ - 
हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा बहुप्रतिक्षित एभेन्जर सिरिजको एबिएस १६० सिसि स्ट्रिट मोटरसाइकल लहानमा पनि सार्वजनिक गरेको छ। यस क्षेत्रका लागि बजाज मोटरसाइकलको अधिकृत विक्रेता मनकामना ट्रेडलिंक लहानले विहिबार एक कार्यक्रमको आयोजनागरी शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखको हात बाट उद्घाटन गर्दै मोटरसाइकल सार्वजनिक गरेका छन्।  ट्विन स्पार्क, डीटिएसआई, एयर कूल्ड, सिंगल सिलिण्डर, ४–स्ट्रोक, एसओएचसी इन्जिन लगायत थुप्रै विशेषता रहेको एभेन्जर सिरिजको एबिएस १६० सिसि स्ट्रिट मोटरसाइकलले डायन्नामिक प्रदर्शन र उत्कृष्ट सवारीको आराम सुनिश्चित गर्ने कम्पनीको दावी छ ।कम्पनीले मोटरसाइकलको परिचयात्मक मूल्य तिन लाख १९ हजार नौं सय निर्धारण गरेको मनकामना ट्रेड लिंकका संचालक शंकर चौधरीले जानकारी दिए ।

यसै बीच बजाजले दशैं र तिहारको शुभ अवसरमा ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ । रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर रु. १०,००० को नगद छुट पाउँन, अथवा ५०प्रतिशत डाउन पेमेन्टमा ० % प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ्गको सुविधामध्ये कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध गराइएको छ।

"प्रकाश स्वीट हाउस" नयाँ स्वरुपका साथ
कार्तिक २७, २०७७ | फिरोज शेख
धनतेरस नजिकिँदै गर्दा पनि सिराहाका सुन
कार्तिक २४, २०७७ | फिरोज शेख
एभेन्जर सिरिजको एबिएस १६० सिसि मोटरसाइकल
आश्वीन १५, २०७७ | सरगम खबर समाचारदाता
एबी मल दोस्रो वर्षमा प्रवेश
आश्वीन ५, २०७७ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2020 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.