शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महिला हिंसाविरुद्ध लहानमा सिट्टी बज्यो
आश्वीन १६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज १६ - 
अधिकारकर्मीहरुले मुलुकमा बढ्दो महिला हिंसा र बलात्कारका घटनाविरुद्ध सिट्टी फुकेर प्रदर्शन गरेको छ। महिला हिंसा र बलात्कारका घटना रोक्न सरकार निरीह बन्दै गएको भन्दै ओरेक नेपाल सिरहा लहानको आयोजनामा महिला तथा मानवअधिकारकर्मीहरुको उपस्तिथिमा   शुक्रबार विरोध गरिएको छ। लहानको सहिदचौकमा प्लेकार्डसहित उपस्थित भएका अधिकारकर्मीहरुले एक घण्टा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। दिनहुँ बलात्कार तथा महिलाहिंसाका घटनाहरू भइरहेपनि नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्न नसकेको भन्दै त्यसतर्फ सरकारलाई ध्यानाकर्षण गराउन प्रदर्शन गर्नुपरेको ओरेक परियोजना कार्यलय सिरहा जिल्ला संयोजक ज्योति तिवारीले बताउनु भयो।
‘बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाइँदै छ, बच्चाहरू बल्तकृत भइरहेका छन,’ तर ‘राज्यको उपस्थिति देखिएको छैन, सरकारले सुरक्षाको प्रत्याभूति दिनसकको छैन्।’ सुरक्षाको प्रत्याभूतिका साथै महिला हिंसाको घटना तत्काल नियन्त्रण गर्न माग राख्दै प्रदर्शन गरिएको तिवारीले बताइन्।मुलुकमा अपराधिक घटनाहरू बढिरहेको बेला सरकार मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्त गर्न केन्द्रीत रहेको भन्दै अधिकारकर्मीहरुको गम्भीर ध्यान आकर्षण भएको छ।

ओरेक नेपाललले सार्वजनिक गरेको "मौनतातोडौ"-बलात्कार र लैंगिक हिँसा विरुद्धको राष्ट्रिय अभियानको अपिलमा दैनिक ७ वटा बलात्कार ,बलात्कारपछि हत्या ,बन्दाबन्दिको समयमा लैंगिक हिँसाका कारणले ४७ महिलाको हत्या भएको तथ्यांकले महिला तथा बालिका माथि हुने हिँसाको कहाली लाग्दो अवस्था हाम्रो समाजमा रहेको देखिन्छ। नेपाल प्रहरीको पछिल्लो ६ महिना चैत्र २०७६ देखि भदौ २०७७ को तथ्यांकले समेत बलात्कारको संख्या १२२१ भएको देखाउछ। धेरै घटनाहरु समाज र संचार माध्यम मार्फत सार्वजनिक भएको तर उजुरी प्रतिक्रियामा नगएको वा जान नदीएको पछिल्लो समयमा सार्वजनिक संचार माध्यमका प्रतिवेदनहरुले जनाएको अपिलमा उल्लेख गरिएको छ। 

यसै बीच ओरेकमा २०७७ बैशाखदेखि भदौ सम्म अभिलेखीकरण भएका ३१९ बलात्कारका घटनामध्ये ७५ प्रतिशत प्रभावित २ बर्षदेखि १८ वर्ष मुनिका बालिकाहरु छन्। बलात्कारका घटनामध्ये झन्डै ९० प्रतिशत घटना परिचित व्याक्तिबाट घर ,छिमेक तथा आफ्नै समुदायमा भएका छन्। महिला तथा किशोरीका लागि घर तथा समुदाय दुवै सुरक्षित नभएको ओरेक तथा पछिल्लो बर्षमा राज्यकै निकायले दिएको तथ्यांकमा उल्लेख गरिएको छ। 

 ओरेक परियोजना कार्यलय सिरहामा आएको घटनाहरुमा ५ वर्ष देखि ३० वर्ष उमेर समुहका २ जना विवाहित र १२ जना अविवाहित माथि भएको बलात्कारका घटना १४ वटा,१५ वर्ष देखि १७ वर्ष उमेर समुहका ३ जना अविवाहित माथि भएको सामुहिक बलात्कारका घटना ३ वटा ,२२ देखि ३७ वर्ष उमेर समुहका ३ जना अविवाहित माथि बलात्कारको प्रयासका घटना ३ वटा ,१४ वर्ष देखि २६ वर्ष उमेरसमुहका २ अविवाहित र १ विवाहित माथि भएको यौन दुर्व्यवहारका घटना ३ वटा र एक जना ३५ वर्षीय विवाहित माथि भएको बलात्कार पछिको हत्याका घटना गरि २४ वटा घटनाहरु रहेका छन्। जसमा २ वटा घटना सप्तरी जिल्लाको रहेको उल्लेख गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.