शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा लहानमा र्याली
आश्वीन २५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज २५ - 
अन्तराष्ट्रिय बालिका दिवशको अवसर पारेर आइतबार सिरहाको लहानमा सरकारको ध्यानआकर्षण गराउन र्याली निकालिएको छ। ओरेक नेपालको आयोजना तथा जनसेवा युथ क्लव लहान र मिथिला सोसल क्लबको सहकार्यमा राम मन्दिरबाट निकालिएको उक्त र्याली लहान बजारको परिक्रमा गर्दै शहिदचौकमा गएर कोण सभा गरी सम्पन्न भएको छ। 
"मौनता तोडौ " भन्ने मूल नाराका साथ बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अन्तर्गत आइतबार लहानमा ओरेकले दोस्रो पटक प्रदर्शन गरेका हुन् । यस अघि अक्टोवर २ अर्थात असोज १६ गते सिट्टी फुक्दै प्रर्दशन गरेका थिए। आइतबार अन्तराष्ट्रिय बालिका दिवशको अवसरमा हातमा सलोगन लिएर ५० जना बन्दा बढी युवायुवतीको उपस्थितिमा र्यालि निकालिएको हो । बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अक्टोवर २ देखि १० डिसेम्बरसम्म चलिरहने र बिभिन्न कार्यक्रम गरी अभियानलाई सफल पार्ने ओरेककी जिल्ला संयोजक ज्योति तिवारीले जानकारी दिएकी छिन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.