शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चाडपर्वमा जिल्ला ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना
आश्वीन २६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असोज २६ - 
नजिकिँदै गरेको दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यलय सिरहाले ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना कार्यान्वयन गर्न जुटन थालेको छ ।जिल्लाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीको प्रभावकारी परिचालन, दुरुस्त कारवाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित गराउने उद्देश्यका साथ योजना लागु गरिएको केहि दिन अगाडी मात्रै पोस्टिंग भएर आउनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यलय सिरहा लहानका प्रहरी निरीक्षक दान बहादुर मिरिङ्गचिङ्गले आइतबार पत्रकार भेटघाटको कार्यक्रममा जानकारी दिनुभएको छ। प्रहरी निरीक्षक दान बहादुर मिरिङ्गचिङ्ग यस जिल्लामा ट्राफिक व्यवस्थामा पूर्ण कडाइ गर्ने , टेम्पु चालकहरु लाई प्रशिक्षण तथा पोशाकको व्यवस्था गर्ने , ट्राफिक प्रहरी भित्र मौलाई रहेको खेद्रे भ्रस्टाचार न्यूनीकरण गर्ने , कमला देखि बलान सम्म हाइवेको ठाउँ ठाउमा स्थानी तहसँग समन्वय गरि ट्राफिक सचेतना बोर्ड राख्ने कुराकानी चलिरहेको र सबै स्थानीय तहका प्रमुखहरु सकरात्मक रहेको बताउनु भयो।

त्यस्तै जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन नहुँदा निकै समस्या भइरहेको हुँदा लहान नगरपालिकाका नगरप्रमुख मुनि साह संग भवनका लागि जग्गा उपलब्ध गराउन गरिएको अनुरोधमा उहाँ सकरात्मक रहेको र दशैँ पछि जग्गा उपलब्ध गराउने कुरा लग भग पक्का भएको र जिल्लामा सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सुरक्षा योजना लागू गरेको समेत उहाले जानकारी दिए ।यात्राको क्रममा वा ट्राफिक सम्बन्धि कसैलाई केही समस्या भए १०३ मा फोन गर्न आग्रहसमेत गर्नु भएको छ । ट्राफिक व्यवस्थापन मात्र होइन, चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओरालि दिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी चनाखो भएको उहाँले बताउनु भयो।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.