शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
दुई मोटरसाइकल ठोक्किँदा २ युवकको ज्यान गयो, २ गम्भीर
आश्वीन ३०, २०७७ | फिरोज शेख

शुभनारायण यादव - सप्तरी २०७७ असोज ३० गते 
सप्तरीको हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मत्यु भएको छ । भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको स.१ प ३७०१ नम्बरको यमाहा मोटरसाइकल र त्यसको विपरित दिशाबाट आउदे गरेको स.८ प ८४४१ नम्बरको आपाचे मोटरसाइकल विहिबार साँझ तिव्रगतिको कारण सप्तरीको खडक नगरपालिका ११ बनोलि स्थित विघापति चोकमा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको बोदे बर्साइन नगरपालिका स्थित सिस्वा धनगढिका ३० वर्षीय सुरेशकुमार साह र अर्का नाम र ठेगाना नखुलेका मोटरसाइकल चाककको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाइलको पछाडि सवार अन्दाजि ४५ बर्षीया एक महिला र अर्का एक पुरुष गम्भीर घाइते भएका छन् । घाइते दुवे जनाको तत्काल स्थानिय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अन्चल अस्पताल पठाएको तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारि दिए ।

 

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.