शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जेसिजको अगुवाइमा बलात्कारविरुद्ध युवाहरू द्वारा प्रदर्शन
कार्तिक २, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक २ - 
सिरहामा महिलाहिंसा, बालश्रम र बलात्कारविरुद्ध युवाहरूले  जनचेतना र्याली निकाली प्रदर्शन गरेका छन् । दसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर लहानका युवाहरूले देशमा दैनिकजसाे भइरहेका महिलाहिंसा,बालश्रम तथा बलात्कारका घटनाविरुद्ध प्रदर्शन गर्दै जनचेतना मुलक नाटक समेत गरेका छन्। लहान सिटि जेसिज र गोलबजार सिटि जेसिजको आयोजनामा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न नारासहितका प्लेकाड बोकेर युवाहरूले लहान बजारको मुख्य स्थानहरुमा र्याली गर्दै प्रदर्शन गरेका थिए ।‘हामी सुरक्षित रहन चाहन्छौँ, हामी बलात्कृत हुन चाहँदैनौँ, ‘जन्मेपछि मार्नुभन्दा बरु गर्भमै मारिदे’, ‘कति भयो अति भयो, सरकार केही गर अब त छटपटी भयो’, ‘बलात्कारीलाई मृत्युदण्ड देऊ’ जस्ता नारासहित भ्वाइस अफ युथका युवाहरुले प्रदर्शन गरेका हुन् ।

बलात्कारविरुद्धको र्याली आयोजना गरेको सिटि जेसिज लहानका वर्तमान अध्यक्ष बसन्त साह र गोलबजारका जेसिजका अध्यक्ष विन्देश्वर साहले  देशमा दैनिक भइरहेको बलात्कारका घटना र सिराहा जिल्लामा बलात्कारका घटनामा दोषीलाई उन्मुक्ति दिन गरिने पञ्चायत बिरुद्धमा  युवाहरुको सहयोग र सक्रियतामा प्रदर्शन गरिएको बताएका छन। प्रदर्शनमा उत्रेका भ्वाइस अफ युथका युवाहरूले विभिन्न नारा लगाउदै सरकारलाई बलात्कारीविरुद्धमा कडा कदम चाल्न मांग गरेका छन। उनीहरूले बलात्कारविरुद्ध प्रदर्शन गर्दै लहानको विभिन्न ठाउँमा जनचेतनामुलक नाटक समेत गरेका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.