शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रा.उ.अस्पतालको मेसु समस्या मिल्यो -कार्यलय प्रमुख मण्डल द्वारा पदभार ग्रहण
कार्तिक ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक ४ - 
विगत केहि दिन देखि निकै चर्चामा रहेको सिरहाको लहान - ३ मा अवस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा सरुवा भई आएका डाक्टर हाजिर गराउने समस्या समाधान भएको छ। बाराको कलैया अस्पतालबाट सरुवा भएर असोज २३ मा हाजिर हुन आएका १० औं तहका बरिष्ठ फरेन्सिक मेडिकल अधिकृत डा. बीरेन्द्रकुमार मण्डललाई प्रदेश -२ को सामाजिक विकास मन्त्रालयले मिति २०७७ असोज ३० गतेको मन्त्रि स्तरको निर्णय अनुसार डा.मण्डललाई रा.उ.अस्पताल लहानको कार्यलय प्रमुख भै काम गर्न अख्तियारी प्रदान गरे पछि अस्पताल संचालन तथा व्यवस्थापन समितिले सोमबार एक कार्यक्रमको आयोजना गरि स्थानीय,कर्मचारी,स्वास्थ्यकर्मी ,बुद्धिजीवी ,राजनितिककर्मी ,संचारकर्मी लगायतको उपस्तिथिमा एक कार्यक्रमको आयोजना गरि फूलमाला,खादा र अविर लगाएर स्वागत गर्दै पदभार ग्रहण गराएका छन्।अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष रोहित महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा समितिका सदस्य गोपाल गुप्ताले अस्पतालको जग्गा चाडै अस्पताको नाममा नामसारी गराउने प्रक्रियामा हामि लागि परेको र दाता परिवार पनि लहान अस्पताको नाममा नभई रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालको नाममा जग्गा नामसारी गर्न तयार भएको जानकारी गराए।

यसै बीच जनता समाजवादि पार्टीका स्थानीय युवा नेता राम चलितर महतोले अस्पतालको स्तरउन्नतिमा खुट्टा तान्ने कार्य लाई बन्द गरि सबैले आ-आफ्नो स्तर बाट सहयोग गर्नु पर्ने बताउदै १५ बेड क्षमता रहेको यस अस्पतालमा ५० बेड क्षमताको सेवा प्रदान गरिरहदा पनि जनशक्ति अभाव प्रस्टै देखिएको हुँदा समस्या सामाधानका लागि तेरो पार्टी ,मेरो पार्टी तर्फ नलागी अस्पतालको स्तरउन्नतिमा ध्यान केन्द्रित गर्न र जग्गाको समस्या चाडै सामाधान गराउन आग्रह गर्दै बरिष्ठ फरेन्सिक मेडिकल अधिकृत ( मेसु ) डा. बीरेन्द्रकुमार मण्डललाई कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए। यता कार्यक्रममा पदभार ग्रहण गर्दै मेसु डा. मण्डलले आउने बित्तिकै केहि तिता मिठा अनुभव भए पनि त्यसलाई सामान्य रुपमा लिएको र अस्पतालको सेवा सुविधा संगै उन्नति प्रगतिमा आफु तमतयार रहने  बताउदै सेवाग्राहीलाई स्वास्थ्य सेवा दिन आफु २४ सै घण्टा तत्पर रहने विश्वास दिलाउदै उपस्थित सम्पूर्णमा आभार प्रकट गरेका थिए। भने अध्यक्षको आसन बाट बोल्दै अध्यक्ष महतोले आफ्नो दुई वर्षको कार्यकालमा अस्पताल भित्र रहेका समस्या र बेतिथिलाई निर्मुल गर्दै जाने प्रतिवध्ता जनाउदै ( मेसु ) डा. बीरेन्द्रकुमार मण्डललाई सेवा ग्राहीलाई स्रोत र साधनले भियाए सम्म उत्कृत सेवा प्रदान गर्न आग्रह गर्दै कार्य सफलताको कामना गरेका थिए।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.