शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विकासको काममा कसै लाई काखापाखा हुदैन - मन्त्री श्रेष्ठको भनाई
कार्तिक ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक ८ - 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले विकासको काममा कसै लाई काखापाखा नहुने बताएका छन्। शुक्रबार लहान नगरपालिका द्वारा आयोजित आफ्नो अभिनन्दन कार्यक्रम लाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्नु हुँदै उहाले सिरहा जिल्लाको पूर्वाधार विकास गरेर जिल्लाको कायापलट गर्ने बताउनु भयो।लहान नगरपालिकाको प्रांगणमा आयोजित अभिनन्दन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले जिल्लाको सडक सञ्जाल विस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन, आवास कार्यक्रमलाई तीव्र रूपले अगाडि बढाउँदै जिल्लाको अवस्था लाई क्रमिक रुपमा सुधार गर्दै जाने बताउदै लहान नगरपालिका भित्र रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्याहरु लाई आत्मसाथ गर्दै चाडै समस्या समाधान तर्फ अग्रसर हुने प्रतिवध्ता जनाउदै तत्कालीन जिल्ला विकास समितिको उपसभापति हुँदा पहिलो परीक्षा राम्ररी उत्तीर्ण गरेको छु, मन्त्रीको रूपमा पनि जनपक्षीय काम गरेर सबैको मन जित्ने काम गरेर खरो उत्रिनेछु भन्दै जेष्ठ नागरिकको भत्ता ५ हजार पुर्याउने प्रतिबद्धता समेत जनाउनु भयो।

 दसैँको बसाइको क्रममा वडा, गाउँ, नगर, जिल्ला र प्रदेश स्तरमा पार्टी एकताको कामलाई टुंग्याउने उनले बताए । ‘पार्टीको जिल्ला इन्चार्जको हैसियतले जिल्लामा थाँती रहेको एकीकरणको काम सिध्याएर सम्पूर्ण पार्टीपंक्ति एकढिक्का भएर जनताको घरदैलोमा जानेछ,’ उनले भने, ‘त्यसका लागि प्रदेश इन्चार्जसहितका पदाधिकारी, जिल्ला नेतृत्वसँग छलफल गरेर अगाडि बढ्नेछौँ । लहान नगरप्रमुख मुनि साह सुडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य गंगा प्रसाद यादव , प्रदेश २ सभा सदस्य लगनलाल चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए,भने उप -प्रमुख सरियार कुमारी चौधरीले स्वागत मन्तव्य राखेकी थिन। कार्यक्रममा नगरप्रमुख साहले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई फुलमाला , दोसल्ला ,मायाको चिनो र अभिनन्दन -पत्रले स्वागत तथा सम्मान गर्नु भएको थियो। सिरहा क्षेत्र नम्वर ३ बाट निर्वाचित श्रेष्ठ मंत्री भएपछि सिरहाबासी अत्यन्त खु:शी भएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.