शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गागन खोलामा पत्रकार चौधरीको दाहसंस्कार - छोरा आयुष द्वारा दागवती
कार्तिक १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक १२ - 
उपचारको क्रममा निधन भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य कृष्णमोहन चौधरीको मंगलवार साँझ दाहसंस्कार गरिएको छ। सुखीपुर स्थित रहेको गागैन खोलामा चौधरीलाई उनका ५ वर्षिया छोरा आयुष चौधरीले दागवती दिएका हुन्। सिराहाको सुखीपुर नगरपालिका– ८ स्थायी घर भएका ३५ वर्षीय चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार बिहान निधन भएको भएको थियो। घुँडाको जोर्नी सुन्निएर रगत पिप जमेपछि करिब दुई हप्ता पहिले आर.के. मेडिसिटीमा शल्यक्रिया गर्दा पनि सञ्चो नभएपछि चौधरीलाई ७ कार्तिकमा धरान लगिएको थियो। धरान पुऱ्याए पनि हातखुट्टा र शरीर थप सुन्निन नरोकिएपछि उपचारको क्रममा निधन भएको हो । आर.के. मेडिसिटीमै ठीक हुन्छ भन्दै करिब दुई हप्ता रोकेर अवस्था गम्भीर बनेपछि मात्र रेफर गरिएकाले दुःखद निधन भएको भन्दै परिवारजनले गुनासो गरेका छन् ।

चौधरीको निधनप्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता र प्रादेशिक समिति प्रदेश नम्बर २ का महासचिव किरण कर्णले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत पत्रकार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्, भने शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख लगायत उहाका शुभचिन्तक तथा संचारकर्मीहरुले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली अर्पन गरिरहेका छन्। चौधरी पछिल्लो समय मिथिला आवाज साप्ताहिकको कार्यकारी सम्पादक संगै सलहेश तथा समाद एफएममा संवाददाताका रुपमा कार्यरत थिए ।चौधरीका दुई छोरा, एक छोरी र पत्नी रहेका छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.