शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
तिहारकाे अवसरमा युवा क्लव द्वारा बिजुलि बति जडान
कार्तिक १८, २०७७ | सरगम खबर समाचारदाता

शुभ नारायण यादव- सप्तरी ,१८ कार्तिक । सप्तरी स्टार युवा क्लवको  सहकार्यमा सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वाड ६ र ७ वभनगामा टाेलमा अाज बिजुली पोलहरुमा बती लगाएका छन् ।शुभदिपावली तथा छठ पर्वको उपल्क्षमा प्रदेश न. २ का भुमि व्यवस्था तथा कृषि सहकारि मन्त्री शैलेन्द्र प्रसाद साहकाे सहयाेगमा बभनगामा गाउँमा  रहेको सम्पूर्ण पाेलहरुमा बिजुली बती, तार स्वीच होलडर ,प्लेट लगायतका सामग्रीहरु क्लबका युवासाथीहरुद्वारा गाउँ भरी नै झिल्लीमिल्ली पारिएकाे स्थानीयहरुले बताएका छन । सप्तरी स्टार युवा क्लबका अध्यक्ष रामनाथ यादव ,स-सचिव नवीन कुमार यादव ,सदस्य बैजनाथ यादव लगायतको उपस्थितमा साथै स्थानिय बुद्धिजीवी बलराम यादव ,डाेमी यादव ,शम्भु यादव, रामचलित्र राय, रामनारायण यादव ,बिसुनदेव यादव, मनिस कुमार यादव लगायतको सहभागीता रहेको थियो ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.