शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा भिषण आगलागी हुँदा लाखौको क्षति
कार्तिक १९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक १९ - 
सिरहाको लहान - ३ मा अवस्थित एक कवाडी गोदाममा भिषण आगलागी हुँदा लाखौको क्षति भएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान -३ कुशवाहा चौकमा अवस्थित इष्ट प्वाइट होटलको छेउमा रहेको कवाडी गोदाममा आगलागी हुँदा लाखौको क्षति भएको हो। मंगलवार साँझ करिब ५ :३० बजेको समयमा विगत ७ महिना देखि बन्द रहको गोदामको छेउमा संचालनमा रहेको एक मदिरा पसलका संचालकले आफ्नो अगाडीमा रहेको फोहरहरु जम्मा गरि त्यसमा आगो लगाई पसल बन्द गरि गएको र त्यही आगो बाट निस्केको आगोको झिल्कोले गोदाममा आगलागी भएको वडा अध्यक्ष राम दयाल महतोको भनाई रहेको छ। आगो नियन्त्रण गर्न लहान नगरपालिका ,गोलबाजर नगरपालिका, सप्तरीको शम्भुनाथ नगरपालिका बाट आएका वारुण यन्त्र , नेपाल प्रहरी ,शस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब साँझ ७ बजे तिर आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत थापा क्षेत्रीले बताउनु भयो। लहान नगरपालिका -३ निवासी राम नारायण महतो र साबिर मिया  दुई जना संचालक रहेका उक्त गोदाममा ६५ लाख भन्दा बढीको माल सामानहरु राखिएको संचालक महतोले बताएका छन्। यता आगलागी बाट करिब २५ लाख बराबरको क्षति भएको र आगलागी कसरि भयो भनि अनुशन्धान भइरहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी थापाले बताएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.