शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सार्वजनिक ईनारमा हामफाली आत्महत्या
कार्तिक २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक २२ - 
सिरहाको धनगडीमाई नगरपालिका -१२ छठियामा एक जनाले सार्वजनिक ईनारमा हामफाली आत्महत्या गरेका छन्। धनगडीमाई नगरपालिका - १२ अइजन कालापानी बस्ने मानसिक अवस्था ठिक नभएको ४० बर्षिय स्विट बस्नेत ससुराली आएको बखत धनगडीमाई नगरपालिका -१२ छठियामा रहेको ९० फिट गहिरो ईनारमा राति हाम फालेर आत्महत्या गरेको स्थानीय लाई उद्धरिद गर्दै ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिएका छन्। डिएसपी थापाका अनुसार बस्नेत ईनारमा हामफालेको जानकारी पाए लगतै राति नै उद्धार गर्ने प्रयास गरे पनि ईनार गहिरो भएको कारण तिन पटक प्रयास गर्दा पनि असफल भयो। त्यसपछि शनिबार बिहान नेपाली सेना ,नेपाल प्रहरी र शास्त्र प्रहरीको सहयोगमा अक्सिजन र डोरी लगाएर ईनार भित्र प्रवेश गरि बस्नेत लाई उद्धार गरि बाहिर निकाल्दा सम्म उनको मृत्यु भईसकेको थियो। मृत्क बस्नेतको शरीर पोष्टमार्टमका लागि लहान स्थित राउ स्मारक अस्पताल लहानमा राखिएको र घटना बारे थप अनुशन्धान भइरहेको डिएसपी थापाले बताए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.