शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान स्थित फ्रेन्डस मोडेल अस्पताल शिल
कार्तिक २३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक २३ - 
सिरहाको लहान स्थित फ्रेन्ड्स मोडेल अस्पताल लहानका दुई जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको छ । अस्पतालमा कार्यरत एक जना ३० बर्षीया ल्याब टेक्निसियन र एक जना २८ वर्षीय सी एम ए स्वास्थ्यकर्मीलाई शनिबार साँझ कोरोना पुष्टी भएको हुँदा अस्पताल शिल गरिएको लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए। मिति २०७७ साल कार्तिक १९ गते बुधबार लहान नगरपालिकाले ४० जनाको नि:शुल्क स्वाब संकलन गरी पिसीआर परिक्षणका लागी प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला  जनकपुर पठाईएको थियो । जस अन्तर्गत २० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएकोमा संक्रमित सबै होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेको र संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेपनि ट्र्सिंग गर्ने कार्य भइरहेको प्रमुख यादवले बताए। यादवका अनुसार ४० जनामा २० जना संक्रमित हुनु भनेको लहान नगरपालिका पनि उच्च जोखिममा रहेको प्रस्टै बुझन सकिन्छ ,त्यसैले सम्पूर्ण नगरवासी लगायत देशवासीमा हार्दिक अनुरोध गर्दछु की जनस्वास्थ्यका मापदण्डहरु अपनाएर आफु पनि संक्रमित हुन् बाट बचौ "अरु लाई पनि बचाऔ "

आइतबार साँझ ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्री र लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख यादवको उपस्तिथिमा अस्पताल शिल गरिएको हो। ‘संक्रमित कर्मचारीसंग अस्पतालका सम्पूर्ण कर्मचारीहरु प्रत्यक्ष सम्पर्कमा रहेको जनाइएको छ। संक्रमित दुवै जना स्वास्थ्यकर्मीलाई उपचारका लागि फ्रेन्ड्स मोडेल अस्पतालकै दुई वटा भिन्दा-भिन्दै क्याबिनमा राखिएको र सर्वसाधरणमा जोखिम हुने भएकाले अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पिसीआर परिक्षण गराई अर्को सुचना जारी नहुदाँसम्म अस्पताल शिल गरिएको  डिएसपी थापा क्षेत्रीले बताए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.