शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हैदराबादलाई हराउँदै दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा
कार्तिक २४, २०७७ | फिरोज शेख

एजेन्सी २०७७ कार्तिक २४ सोमबार - 
१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा जित निकाल्दै (आईपीएल) को ईतिहासमै पहिलो पटक दिल्ली क्यापिटल फाइनलमा प्रवेश गरेको छ।अब उसले पहिलो क्वालिफायरबाट फाइनल पुगेको मुम्बई इन्डियन्ससँग उपाधिका लागि भिड्नेछ। टस जितेर ब्याटिङ रोजेको दिल्लीले पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १८९ रन बनाएको हो। १९० रनको लक्ष्यका साथ मैदान छिरेको सनराइजर्स हैदराबाद पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा १७२ रनमा समेटियो।आक्रामक ओपनिङ गरेको दिल्लीका मार्कस स्टोइनिस र शिखर धवनले ८६ रनको साझेदारी गरे। जहाँ ३८ रन बनाएका स्टोेइनिसलाई रासिद खानले ८.२ ओभरमा पेबेलियन फर्काएका थिए।

त्यस्तै धवनले ५० बलमा सर्वाधिक ७८ रनको अर्धसतकिय इनिङ खेले। उनले २ छक्का र ६ चौका प्रहार गरे। कप्तान श्रेयस अयरले २१ रनको योगदान दिए भने शिमरन हेट्मायरले अविजित ४२ रन बनाए।बलिङको निम्तो पाएको हैदराबादका राशिद खान, सन्दीप शर्मा र जेसन होल्डरले समान १–१ विकेट लिए।जावाफी ब्याटिङमा आएको हैदराबादका कप्तान डेबिड बार्नर २ रनमै आउट भएपछि दबाबमा आएको हैदराबादका प्रियम गर्गले १७ रन बनाए। केन विलियम्सनले सर्वाधिक ६७ रन जोडेको इनिङमा अब्दूल सहमदले ३३ रन जोडे भने राशिद खान र जेसन होल्डरले समान ११ रन बनाए।मनिष पाण्डे २१ रनमै आउट भए। दिल्लीका बलर कागिसो रबाडाले चार विकेट गिराए भने मार्कस  स्टोइनिसले तीन र अक्षर पटेलले एक विकेट लिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.