शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महिला छात्रावास र वृद्धाश्रमको लागि लहानमा महायज्ञ
फाल्गुन ७, २०७३ | सरगम खबर समाचारदाता

जिवछ उदासी - 
लहान, फागुन ७ गते ।  विपन्न महिला छात्रावास र वृद्धाश्रम निर्माणको लागि श्रीमद भागवत महापुराण ज्ञान सप्ताह महायज्ञ लहानमा हुने भएको छ । महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरि आयोजक समितिले जनाएको छ । लहान –६ राधाकृष्ण मन्दिरको परिसरमा हुन लागेको यस महायज्ञको उदघाटन गर्न प्रधानमन्त्री पुष्ण्कमल दाहाल आउनु हुने मूल समितिका संयोजक पवन मुन्धडा र प्रचार प्रसार समितिका संयोजक दिनेश्वर प्रसाद गुप्ताले  जानकारी दिदै फागुन ८ गतेदेखि १४ गतेसम्म हुने महायज्ञको समपूर्ण तयारी गर्न स्थानीयवासी महिला ,पुरुष , संचारकर्मी , शिक्षक, कर्मचारीहरुले दिनरात खटिरहेको बताएको छ । 

छात्रावास लहान –१४ सांसद प्रदिप गिरीको आश्रम नजिक वन्ने भएको छ भन्ने वृद्धाश्रम लहान –१७ मा वन्ने सम्पादन समितिका संयोजक तथा  उद्योग वाणिजय संघ लहान सिरहाका अध्यक्ष सुनिल महतोले बताउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सगरमाथा अञ्चलकै व्यापारी नगरी लहानको विकासको लागि लहान नगरपालिका क्षेत्रमा रहेको सलहेश फूलवारी काव्रे महादेव , राजदेवी स्थान , देवी दह र ढोडनाको पकडिया गढलाई जोडन धार्मिक सर्किट निर्माण र हवाई मैदान निर्माणको लगायतको विकास निर्माणको लागि ध्यान आकर्षण गराउने लहानका नागरिक अगुवाहरुले तयारी गरिरहेको पत्रकार सम्मेलनमा  समेत जानकारी गराएको छ  । लहानमा हुन लागेको पहिलो पटक यस्तो महायज्ञमा प्रवचनको लागि प्रवचन दिन पण्डित दिनवन्धु पोखरेलको मुखारविन्दुवाट हुने यस महायज्ञमा लहानका मुस्लिम समूदाय र दलित समूदायले समेत सघाउने आयोजकले भन्दै यसले धार्मिक भाईचारा मजवुत हुनुको साथै मधेशी पहाडीविचको एकतालाई समेत जोडने आशा लिएको छ । महायज्ञको प्रचार प्रसारको लागि लहान स्थित स्थानीय रेडियो पत्रपत्रिका र संचारमाध्यमहरुलाई मिडिया पार्टनर बनाएको छ । प्रधानमन्त्री आउनु हुने निश्चित भएपछि शान्ति सुरक्षाको व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.