शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
"प्रकाश स्वीट हाउस" नयाँ स्वरुपका साथ सञ्चालनमा
कार्तिक २७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक २७ - 
लहान नगरपालिका वडा नं ६ राधाकृष्ण चौक नजिक नयाँ बजारमा लहान -५ मा अवस्थित प्रकाश स्वीट हाउस नयाँ स्वरुपका साथ विहिबार बाट सञ्चालनमा आएको छ। वि .स .२०४५ साल देखि संचालनमा आएको प्रकाश स्वीट हाउस वर्तमान अवस्थालाई मध्यनजर गर्दै नयाँ स्वरुप सहित उत्कृष्ट स्वाद र नयाँ नयाँ गुणस्तरीय परिकारहरुका साथ लहानका ग्राहकहरुलाई मध्यनजर गर्दै  "प्रकाश स्विटस्" (मिष्ठान भण्डार तथा डेरि उधोग) मिठाइँ पसल सञ्चालनमा ल्याएको स्वीट हाउसका संचालक विजय साहले बताए। संचालक साहको ममतामयी आमा आशा साह को हात बाट उद्घाटन गरिएको पसलमा शुद्ध शाहाकारी चिया,कफी ,नास्ता ,खाना तथा मिठाईका परिकारहरु पाउनु साथै साउथ इन्डियन डोसा, पनिर चील्ली ,चाउमिन ,म:म ,छोला -भटौरा, पुरी -तरकारी ,छोला-समोसा, बर्थ डे केक,मिलन डेरी बाट उत्पादित दुध ,दहि ,पनिर लगायत विभिन्न परिकारहरु कतै नभएको स्वादमा खुवाउने र ग्राहकहरुलाई खुसी पार्ने मुख्य उदेश्यका साथ पुर्खौली पेशामा आधुनिकता मिश्रण गरि नयाँ स्वरुपका साथ व्यवसायिक प्रतिष्ठानमा होमिएको संचालक साहले बताए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.