शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गोलबजार बाट ६ लाख भन्दा बढी नक्कली नोट सहित ३
कार्तिक २७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ कार्तिक २७ - 
सिरहा जिल्लाको गोलबजार नगरपालिका - ६ स्थित गोलबजारबाट नक्कली नोट छाप्दै गरेको अवस्थामा तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा सिरहाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय छन्। विशेष सुचनाको आधारमा नक्कली नोट छाप्ने कार्य गरीरहेको थाहा पाएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश क्याम्प गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो। केही दिन अघि देखि सो ठाउँमा डेरागरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अबस्थामा फेला पारिएको एपीएफले जनाएको छ। एपीएफ टोलीले एक हजारको नक्कली नेपालि नोट ६ लाख ८४ हजार,HP कम्पनीको ल्यापटप थान-१,कयानन कम्पनीको प्रिन्टर थान-१ ,प्लाष्टिकको फोल्डिङग सानो टेबल थान-१,स्केल स्टिलको थान-३,कैची थान-२,मोटरसाईकल थान-१ सहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यलय गोलबजारमा बुझाएका छन्।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.