शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाली समान निर्यात गर्नेबारे दुवईमा अन्तरक्रिया
फाल्गुन ७, २०७३ | सरगम खबर समाचारदाता

यूएई, फागुन ७ – नेपाली सामानहरु विश्वबजारमा कसरी पुर्याउने भन्ने विषयमा युएईस्थित नेपाली दूतावासमा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार युएईमा अवस्थिति नेपाली दूतावास परिसरमा आयोजित ‘नेपाली वस्तु आयातको सम्भाव्यता तथा आगामी चूनौति’ विषयक अन्तरक्रिया भएको हो । कार्यक्रममा दुवईमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका नेपाली उद्योगपतिहरुले नेपाली सामानहरु दुवई आयात गर्न निकै कठिन भएको भन्दै गुनासो पोखेका थिए । खासगरी बिजनेस काउन्सिलका पदाधिकारीले यसबारेमा आफ्नो धारणा राखेका थिए । उनीहरुले एक्सपोर्ट पोलिसी अलिक खुकुलो र सहज हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा दूतावासका अधिकारीहरुले समेत आफ्नो धारणा राखेका थिए । 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.