शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
३७ जना अपाङ्ग व्यक्तिलाई सहायक सामग्री वितरण
मंसिर ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मङ्सिर ४ - 
सिरहामा जीवन यापन र हिँडडुलमा सहजताका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क सहायक सामग्री वितरण गरिएको छ।सिरहाको लहानमा ३७ जना अपांगता भएका व्यक्तिलाई विभिन्न सहायक सामग्री वितरण गरिएको हो। जसमा १४ जनालाई ह्विलचियर, १० जनालाई ट्राइसाइकल लगायत अन्य १३ जनालाई सेतोछडी, वाकर र वैशाखी एक कार्यक्रमका बीच अपाङ्ग पुनर्स्थापना केन्द्रको आयोजना र लहान नपा वडा न.७ को सहयोगमा प्रदेश न. २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलको प्रमुख आतिथ्य तथा लहान नगरपालिकाको नगर प्रमुख मुनि साहको विशिष्ट आतिथ्यमा पशुपती मावि लहान-७ को प्राङ्गणमा वितरण गरिएको छ।
अपाङ्ग पुनर्स्थापना केन्द्र लहान सिराहाका अध्यक्ष संजय अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन यापन र हिँडडुलमा सहज होस भन्ने उदेश्यले निःशुल्क रुपमा उनीहरूलाई सहायक सामग्री दिइएको जनाइएको छ। कार्यक्रमा ईलाका प्रशासन कार्यलय लहानका प्रमुख गणेश चन्द्र मिश्र ,लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता ,राजपाका राकेश कुमार झा ,मोहम्मद आलम ,गोपाल गुप्ता लगायत समाजसेवी ,संचारकर्मी तथा सर्वसाधारणहरुको उपस्तिथी रहेको थियो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.