शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
छठ घाट बाट कटुवा पेस्तोल र गोलि सहित एक पक्राउ
मंसिर ६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मङ्सिर ६ - 
छठ घाटबाटै सिरहाको औरहीमा कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सिरहा औरही गाउँपालिका ५ का रबिन दास रहेका छन् ।  जगदेव बाबा पोखरीमा छठ पर्व मनाउन गएको अबस्थामा औरही गा.पा.५ बस्ने बर्ष २२ को रबिन दासले सोहि ठाउँ बस्ने बर्ष ४२ को बिनोद कुमार यादव लाई पुरानो रिसिबिको कारण कटुवा पेस्तोल निकाली कन्चटमा ताकेको अबस्थामा सोही वडाको स्थानिय मानिसहरुले देखी तत्काल प्रहरी चौकी औरही सिरहामा जानकारी गराउना साथ प्रहरी टोली खटी गई दासलाई नियन्त्रणमा लिई निजले बोकेको कटुवा पेस्तोल १ थान, सोहि पेस्तोलमा प्रयोग हुने गोली ३ थान जस मध्ये एक राउण्ड गोलि पेस्तोलमा लोड गरिएको अवस्थामा वरामद गरी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.