शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुत्केरीको मृत्यु भएपछि डिभाइन अस्पतालमा तोडफोड ,चक्काजाम खोलाउन प्रहरी द्वारा
मंसिर ७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मंसिर ७ - 
सिराहाको लहान नगरपालिका ३ होस्पितल चौकमा अवस्थित डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार राति सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । शल्यक्रिया पछि अत्यधिक रक्तस्राब भएपछि सिराहाको सुखीपुर नगरपालिका वडा नम्बर ९ मोहनपुर ससुराली भएकी २७ वर्षीया आरती कुमारी साहको शनिबार साँझ करिब ८ बजे मृत्यु भएको हो ।  दोस्रो बच्चा जन्माउन अस्पताल आएकी आरतीलाई अस्पतालका सञ्चालक समेत रहेका डा. चन्द्रशेखर यादवले शल्यक्रिया गरे पछि आरतीको ज्यान गएको पति प्रमोद कुमार साहले बताएका छन्।‘शल्यक्रिया गरेर छोरी निकालेपछि साँझ ७ बजेसम्म डाक्टरले बिरामी ठीकै छ भनेका थिए, ‘त्यसपछि डा. यादव सहित अस्पतालका नर्स र कर्मचारीहरू एक–एक गरी ९ बजेभित्रै सबै निस्किए ।’ नवजात शिशुको आइसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनका अनुसार अस्पताल नै सुनसान भएपछि राति सवा ८ बजेतिर तेस्रो तलामा रहेको शल्यक्रिया कक्षमा गएर हेर्दा ढोका बन्द थियो । शल्यक्रिया गर्ने क्रममा आरतीको मृत्यु भएपछि मृतकलाई त्यत्तिकै छोडेर डाक्डरसहित सबै एक–एक गरी भागेका थिए ।‘छोरीलाई सरकारी अस्पतालमा लैजाने भनेर एम्बुलेन्समा ल्याउँदै थियौँ,’ मृतकका बाबु परशुराम साहले रुँदै भने, ‘एम्बुलेन्सचालकले राम्रो हुन्छ भन्दै यो अस्पताल पुऱ्याएर शल्यक्रियाको नाममा हत्या गरे । लहान नगरपालिका२४ माइती भएकी मृतक आरती परशुरामकी एक्ली छोरी हुन् । 

शल्यक्रियापछि अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएलगत्तै अस्पताल सञ्चालकसहित सबैजना राति नै भोगेपछि मृतकका आफन्त र स्थानीयले अस्पतालको मुख्य गेडमै रहेको फार्मेसीमा रहेका औषधि, फर्निचरलगायतका सामग्रीहरू फाल्दै सटरभित्र हालिएको सिसा तोडफोड गरेका छन् । भने आइतबार बिहान ८ बजेदेखि लहान अस्पताल चोकको मुख्य सडकमा चक्काजाम गरि  हत्यारालाई कारबाही गर, अवैध अस्पताल बन्द गर’ लगायतका नारा लगाउदै चक्काजाम गरे पछि जिल्ला प्रहरी कार्यलय सिराहाका सुचना अधिकृत तथा डिएसपी शालिग्राम शर्मा पौडेल ,ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी शरत थापा क्षेत्री ,शस्त्र प्रहरी बल लहानका डिएसपी डम्बर बहादुर राणाले पटक पटक बाटो अबरुद्ध नगर्न  आग्रह गर्दा पनि मृतकका आफन्त र स्थानीय युवा तथा महिलाहरु नमाने पछि  करिब दिनको १२ बजे तिर बल प्रयोग गरि बाटो खुलाएका छन्। यता जिल्ला प्रशासन कार्यलय सिरहा बाट घटना छानबिन गर्न समिति गठन गरिएको छ। भने पिडित पक्षले अस्पताल र डाक्टर यादव विरुद्ध जाहिरी दिएका छन्। स्वास्थ्य कार्यलय सिरहाका प्रमुखको संयोजकत्वमा लहान अस्पतालका प्रसुती तथा स्त्री रोग विशेषज्ञ एवंम लहान नपा का स्वास्थ्य शाखा प्रमुख समेत रहने गरि गठन गरिएको टोलीले पोष्टमार्टम गर्न शव लाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको लहान नगरपालिका - २४ का वडा अध्यक्ष कमलदेव यादवले बताएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.