शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगर प्रमुख साह द्वारा सपिङ्ग कम्प्लेक्सको शिलान्यास
मंसिर ९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मङ्सिर ९ - 
लहान नगरपालिकाले निर्माण गर्न लागेको सलहेश दिनाभद्री सपिङ्ग कम्प्लेक्सको नगर प्रमुख मुनि साह द्वारा एक कार्यक्रमका बीच   शिलान्यास गरिएको छ । लहान नगरपालिका वडा नम्बर १ मा अवस्थित तरकारी बजारमा निर्माण हुन लागेको सपिङ्ग कम्पलेक्सको नगर प्रमुख साहले शिलन्यास गर्नु भएको हो । शिलन्यास कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै नगरप्रमुख साहले भवन निर्माण पश्चात नगरपालिका क्षेत्र भित्र आर्थिक प्रगती वढ्ने जानकारी गराउनु भयो  । आफूहरु जनताको हितलाई मध्यनजर गर्दै काम गरिरको बताउनु हुदै अहिले निर्माणको क्रममा रहेको भानुभक्त बाचनालय, नयाँ  बजार स्थित रहेको तरकारी बजारलाई नयाँ स्वरुपका साथ अगाडी बढाइएको जानकारी दिदै यी सम्पूर्ण योजनाहरु नगर सौन्दर्यका साथै नगरपालिकाका जनतालाई आर्थिक रुपले पनि मदत पुग्ने बताउनु भयो ।

लहान १ मा निर्माण हुन् लागेको सपिङ्ग कम्प्लेक्सलाई  ४ करोड ११ लाख ६ हजार ४६० को लागतमा निर्माणको ठेक्का पोखरी चौर ८, काभ्रेका न्यू ड्रागन निर्माण सेवा लाई दिइएको छ। २०७७ साउन ३० गते भएको सम्झौता अनुसार २०७८ पौस ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने सुचना पाटिमा उल्लेख गरिएको छ।शिलन्यास कार्यक्रममा लहान नगरपालिकाका उप-प्रमुख सरियार कुमारी चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने नगरपालिकाको योजना शाखा प्रमुख शत्रुधन प्रसाद चौधरीले योजना बारे जानकारी गराएका थिए ।
लहान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष फागु चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लहान ९ का वडाध्यक्ष प्रदिप चौधरी,लहान १८ का मोहम्मद शमशेर ,लहान २४ का कमलदेव यादव लगायत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्तिथी रहेको थियो । कार्यक्रमको संचालन लहान नगरपालिकाको प्रशासन शाखाका कर्मचारी लखनलाल साहले गरेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.