शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु
मंसिर ११, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मंसिर ११ - 
सिरहामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत पदमपुरमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो। सिरहाको चोहर्वा–सिरहा सडक खण्ड अन्तर्गत सिरहा नगरपालिका वडा १० पदमपुरमा विहिवार दिउँसो सिरहाबाट चोहर्वा तर्फ आउदै गरेको ना ५ ख ५५१८ नम्बरको माँ शेराबाली यात्रु बस र विपरित दिशा बाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाईकल ठोकिएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ। दुर्घटनामा परि सिरहा नगरपालिका ११ भलुवाही बस्ने २५ वर्षिय देव नारायण कामती र सोही ठाउँका २६ वर्षिय अरुण कुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाईते भएका दुवैलाई एम्बुलेन्समा राखी सिरहा अस्पताल ल्याउँने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.