शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उज्जवल निषाद संघ नेपाल द्वारा हाजरी जवाफ प्रतियोगिता सम्पन्न
मंसिर १४, २०७७ | सरगम खबर समाचारदाता

लहान २०७७ मङ्सिर १४ - 
सिरहाको लहान-२३ मा उज्जवल निषाद संघ नेपाल द्वारा हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।  उज्जवल निषाद संघ नेपाल द्वारा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष रंजित सहनीले गरेका थिए ,भने प्रमुख अतिथिको रुपमा केहि बेर उपस्थित भएका मुक्ति सहनीको अनउपस्तिथीमा जिल्ला सचिव देवनारायण सहनीले कार्यक्रमको उद्घाटन गरेका थिए। कक्षा ३ देखि कक्षा ८ सम्मका २८ जना विद्यार्थी सहभागी प्रतियोगितामा क्रमस लहान २३ का ससिन्दर सहनी,विशाल सहनी,मुकेश सहनी र पञ्कज सहनी विजेता भएका छन्। विजेता सम्पूर्ण लाई उपहार स्वरूप प्रमुख अतिथिको हात बाट मेडल, नोटबुक ,पेन र प्रमाण-पत्र प्रदान गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.