शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगर प्रमुख साह द्वारा भभरा दह पार्क निर्माण कार्यको शिलान्यास
मंसिर २३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मङ्सिर २३ - 
लहान नगरपालिकाले निर्माण गर्न लागेको भभरा दह पार्कको नगर प्रमुख मुनि साह द्वारा एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । लहान नगरपालिका वडा नम्बर १ र १० मा अवस्थित भभरा लाई आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले ग्रिन भभरा दह पार्क नामाकरण सहित     नगर प्रमुख साहले शिलन्यास गर्नु भएको हो । शिलन्यास कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै नगरप्रमुख साहले पार्क निर्माण पश्चात आन्तरिक पर्यटन प्रवर्द्धन भए पछि यस क्षेत्रका जनता पूर्ण रुपमा लाभान्वित हुने बताउनु हुदै यस पार्कमा बच्चाहरुका लागि फन पार्क , पर्यटकहरुका आगि बस्ने व्यवस्थाका साथै रेस्टुरेन्ट , बोटिंग-फिसिंग संगै हरियाली वातावरण , सुगन्धित र आकर्षक फलफूलका बोटविरुवा ,पिकनिक स्पट , झरना स्पट ,सेल्फी स्पट लगायतका स्पटहरु निर्माण गरिने जानकारी गराउनु भयो। आफूहरु जनताको हितलाई मध्यनजर गर्दै अहिले निर्माणको क्रममा रहेको भानुभक्त बाचनालय, सलहेश दिनाभद्री सपिङ्ग कम्प्लेक्स ,नयाँ  बजार स्थित रहेको तरकारी बजारलाई नयाँ स्वरुपका साथ अगाडी बढाइएको र चाडै लहान - ७ मा अवस्थित राम मन्दिरको पनि निर्माण कार्य शुरु हुने जानकारी दिदै यी सम्पूर्ण योजनाहरुले नगर सौन्दर्यका साथै नगरपालिकाका जनतालाई आर्थिक रुपले पनि मदत पुग्ने बताउनु भयो ।

 भभरा दह पार्क ५ करोड ३९ लाख २० हजार ६८९ को लागतमा निर्माण कार्य सम्पन्न हुने गरि विकास एण्ड ब्रदर्स कन्ट्रक्सन प्रालि .जनकपुरलाई ठेक्का दिइएको छ। २०७७ असार २८ गते भएको सम्झौता अनुसार २०७८ पौस ३० गतेसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने सुचना पाटिमा उल्लेख गरिएको छ।शिलन्यास कार्यक्रममा लहान नगरपालिकाका प्रवक्ता एवं लहान ११ का वडा अध्यक्ष राज कुमार साहले स्वागत मन्तव्य राख्नु भएको थियो,भने नगरपालिकाका इन्जिनियर एकमणि सिपलियाले योजना बारे जानकारी गराउनु भएको थियो।
लहान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मनटि कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता ,लहान ९ का वडाध्यक्ष प्रदिप चौधरी,लहान ४ का वडा अध्यक्ष रामनाथ पण्डित ,लहान १३ ईश्वर बहादुर बस्नेत लगायत कार्यपालिका सदस्य , कर्मचारी तथा वडा सदस्यहरुको  उपस्तिथी रहेको थियो । कार्यक्रम संचालन लहान नगरपालिकाको प्रशासन शाखाका कर्मचारी लखनलाल साहले गरेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.