शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पेस्तोल देखाएर दिनदहाडै चार लाख रुपैयाँ लुटपाट
मंसिर २४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मंसीर २४ - 
सिराहाको लहान नगरपालिका ३ भगवानपुर गाउँ नजिकै बुधबार दिउँसो मास्क लगाएको दुई जना अपरिचित व्यक्तिको समूहले पेस्तोल देखाएर चार लाख रुपैयाँ लुटेको छ । लहान २३ गाढा गाउँका करिब ५४ वर्षीय जागेश्वर यादवले लहानस्थित जनउत्थान बचत तथा ऋण   सहकारी संस्थाबाट चार लाख रुपैयाँ झिकी साइकल चढेर घर फर्किंदै गर्दा दिउँसो करिब साढे १ बजेतिर लहान ३ स्थित स्मार्टफोनको टावर नजिकै लहान ठाढी सडकमा लुटपाट भएको हो । घरायसी ऋण तिर्न सहकारीबाट चेकमार्फत् रकम झिकेर लहान अस्पताल चोक हुँदै करिब पाँच सय मिटर दक्षिण पुगेपछि मास्क र हेल्मेट लगाई कल्भर्टमा बसिरहेका दुई जना मध्ये एक जनाले पेस्तोल छातीमा टसाई अर्का एक जनाले आफ्नो ज्याकेटको तिन वटा खल्तीमा राखेको हजारको नोट तिन बन्डल र पाँच सयको नोट दुई बन्डल गरि चार लाख रुपैयाँ लुटेर मलाई रोड बाट तल खेतमा खसाली मोटरसाइकल चढेर उत्तरतिर भागेको पीडित यादवले बताए । 
इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवाष खतिवडाले रकम लुटिएको थाहा पाए लगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको बताए । पीडितको प्रारम्भिक बयान बमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै प्रहरी निरीक्षक खतिवडाले सहकारी सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताए । 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.