शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सरकारविरुद्ध सिरहामा पनि कांग्रेस द्वारा प्रदर्शन
मंसिर २९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ मङ्सिर २९ - 
सरकारविरुद्ध नेपाली कांग्रसले सिरहामा प्रदर्शन गरेको छ । कांग्रसले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको अनुसार सोमवार सिरहाको सदरमुकाम सिरहामा पनि प्रदर्शन गरेको हो । गएको मंसिर २६ गते कांग्रेसले गरेको देशव्यापी निर्णय अनुसार आज सिरहासहित विभिन्न शहरहरुमा नेपाली कांग्रसले हजारौंको संख्यामा प्रदर्शन गर्दे छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, स‌ंवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै आज सिरहामा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस सिरहाले जनाएको छ ।‘अति भो अति भो, मुलुककै छवि क्षति भो, औषधि छैन मल छैन, सत्ताको लडाई लाज छैन’ भन्ने लगायतका मुल नाराका साथ प्रदर्शन भएको छ ।पूर्वमन्त्री तथा केन्द्रिय सदस्य शंकर भण्डारीले सिरहाको कार्यक्रमलाई सम्बोधन गरेका छन् । यसै बीच देशभरका विभिन्न कार्यक्रमलाई कांग्रेसका नेताहरुले सम्बोधन गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.